प्रधानमन्त्रीको चियापानमा गएन नेकपा एमालेको नेपाल-खनाल पक्ष « Khabarhub

प्रधानमन्त्रीको चियापानमा गएन नेकपा एमालेको नेपाल-खनाल पक्ष


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधामनन्त्री केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम एमालेको माधव नेपाल झलनाथ खनाल पक्षले बहिष्कार गरेको छ।

प्रधामनन्त्री निवास बलुवाटारमा आज बिहान आयोजना गरेको चियापन कार्यक्रम नेपाल खनाल पक्षले बहिष्कार गरेको हो।

चियापान बहिष्कारपछि भावी रणनीति तयार गर्न स्थायी कमिटी बैठक बोलाएको छ । आज आयोजना गरेको बैठकले राष्ट्रिय कार्यकर्ता भेला र त्यसपछिका योजना तय गर्ने एक नेताले बताए ।

एमाले स्थायी कमिटीका २२ जना सदस्यमध्ये नेपाल पक्षमा ११ जना छन् । पार्टी अध्यक्ष केपी ओलीले फागुन २८ गतेको विशेष बैठकका निर्णय खारेज नगरे समानान्तर कमिटी सञ्चालन गर्ने तयारी नेपाल पक्षको छ ।

सोमबारको वार्ता फलदायी नभएपछि नेपाल पक्षले आफ्नो समूहमा रहेका केन्द्रीय सदस्य र सांसदहरुको भेला गरेको थियो । सो भेलामा एमालेमा एकताबद्ध भएर जाने सम्भावना कमजोर भएको निष्कर्ष निकालिएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १२ : १५ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि