प्रधानमन्त्रीको चियापानमा गएन नेकपा एमालेको नेपाल-खनाल पक्ष « Khabarhub

प्रधानमन्त्रीको चियापानमा गएन नेकपा एमालेको नेपाल-खनाल पक्ष


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधामनन्त्री केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम एमालेको माधव नेपाल झलनाथ खनाल पक्षले बहिष्कार गरेको छ।

प्रधामनन्त्री निवास बलुवाटारमा आज बिहान आयोजना गरेको चियापन कार्यक्रम नेपाल खनाल पक्षले बहिष्कार गरेको हो।

चियापान बहिष्कारपछि भावी रणनीति तयार गर्न स्थायी कमिटी बैठक बोलाएको छ । आज आयोजना गरेको बैठकले राष्ट्रिय कार्यकर्ता भेला र त्यसपछिका योजना तय गर्ने एक नेताले बताए ।

एमाले स्थायी कमिटीका २२ जना सदस्यमध्ये नेपाल पक्षमा ११ जना छन् । पार्टी अध्यक्ष केपी ओलीले फागुन २८ गतेको विशेष बैठकका निर्णय खारेज नगरे समानान्तर कमिटी सञ्चालन गर्ने तयारी नेपाल पक्षको छ ।

सोमबारको वार्ता फलदायी नभएपछि नेपाल पक्षले आफ्नो समूहमा रहेका केन्द्रीय सदस्य र सांसदहरुको भेला गरेको थियो । सो भेलामा एमालेमा एकताबद्ध भएर जाने सम्भावना कमजोर भएको निष्कर्ष निकालिएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १२ : १५ बजे

वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं – सर्वोच्च अदालतले पूर्वमहान्यायाधिवक्ता सविता भण्डारीले वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौं – जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित

आईपीएल : मुम्बईलाई पञ्चाबले दियो २०१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा पंजाब किंग्सले मुम्बई इन्डियन्सलाई

एमालेले पनि गर्‍यो संसद् बैठक बहिष्कार

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको विरोध थप चर्किएको छ

अर्थमन्त्रीले भने : सबै दलको साझा चिन्तन र एजेण्डा समेटेर नीति तथा कार्यक्रम बनाएका छौँ

काठमाडौं – सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबै दलहरूको साझा