बाघ-गैँडा आक्रमणबाट फागुनमा तीनको मृत्यु | Khabarhub Khabarhub

बाघ-गैँडा आक्रमणबाट फागुनमा तीनको मृत्यु


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रका जङ्गली वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिका घटना बढ्दै गइरहेका छन् । गत फागुनमा मात्रै राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र वरपर भएका मानव-वन्यजन्तु द्वन्द्वका घटनामा तीन जनाले ज्यान गुमाउनाका साथै चार जना घाइते भएका छन् ।

चितवनको तामासुर पोष्टको जिम्मेवारी क्षेत्रमा फागुन २० गते खेतमा घाँस काटिरहेकी महिलाको गैँडाको आक्रमणबाट मृत्यु भएको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयले जनाएको छ । त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको गेरुवा गाउँपालिका-६ नौलोबाँस इलाका सामुदायिक वनमा भैँसी चराउन गएका लालबहादुर चौधरीको पनि बाघको आक्रमणमा परी निधन भएको छ । बर्दियाकै मधुवन नगरपालिका-३ भगडैयास्थित राष्ट्रिय वनमा घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी २६ वर्षीया रीना सुनारको निधन भएको त्यहाँ तैनाथ देवीदत्तगणले जनाएको छ ।

चितवन, बर्दिया र कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रका चार बासिन्दा फागुनमा वन्यजन्तुको आक्रमणमा परी घाइते भएका छन् । पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण बढ्दै गएपछि चरन र आहारको खोजीमा जङ्गली जनावर मध्यवर्ती र बस्ती क्षेत्रमा प्रवेश गर्ने क्रम बढेसँगै मानवीय क्षतिका घटनामा वृद्धि भएको अनुमान गरिएको छ ।

भरतपुर महानगरपालिका-७ का मङ्गलबहादुर कुँवर र रत्ननगर नगरपालिका-७ की फिरला महत गैँडाको आक्रमण तथा बर्दिया गेरुवा नगरपालिका-१ का सरोज कार्की बाघको आक्रमणमा परी घाइते भएको सेनाले जनाएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका-११ की कविताकुमारी उराँवलाई पनि खेतमा घाँस काट्न जाने क्रममा अर्नाले हानेर घाइते तुल्याएको थियो ।

बाघ, गैँडा र हात्तीको मृत्यु

चितवन राष्ट्रिय राष्ट्रिय निकुञ्ज क्षेत्रमा फागुनमा तीन गैँडा तथा एकएक बाघ र हात्ती मरेका छन् । निकुञ्ज क्षेत्रमा १५ चित्तल, दुई घोरल तथा एकएक बँदेल र रतुवाको कालगति तथा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको सेनाले जनाएको छ ।

सो अवधिमा पर्सा राष्ट्रिय निकुञ्जमा दुई बँदेल, शुक्लाफाँटामा एक चित्तल, लामटाङमा एकएक निर बिरालो, घोरल र सेतो बाँदर तथा शिवपुरी नागार्जुन क्षेत्रमा बिरालो प्रजातिको एक जनावर मरेको अवस्थामा फेला परेका थिए ।

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक लङ्गुर र दुई बँदेल मृतावस्थामा फेला परेका थिए । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाँच चित्तल, दुईदुई बँदेल, चौका, बाँदर र बिरालो तथा एकएक रतुवा र चरीबाघ सवारी साधनको ठक्कर र जङ्गली कुकुरका आक्रमणबाट मारिएको सेनाले जनाएको छ । मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक मृग तथा कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा एक अर्ना र दुई हरिण पनि फागुनमा मरेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १२ : ४९ बजे

मनसुनको अवस्था अद्यावधिकः मधेशमा सरदरभन्दा कम वर्षा हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

बागमती – बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी

एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा

काठमाडौं – नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको विशेष जिल्ला

यस्तो छ रजनीकान्तको फिल्म ‘कुली’मा आमिर खानको लुक्स

काठमाडौं – दक्षिण भारतीय नायक रजनीकान्तको फिल्म ’कुली’मा बलिउड नायक

कांग्रेस बैठकमा नेताहरूलाई सुझाव- कार्यकार्ता असन्तुष्ट छन्, कार्यशैली सुधार्नुस्

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा