कश्यपको ‘डायनकी छोरी’ सार्वजनिक « Khabarhub

कश्यपको ‘डायनकी छोरी’ सार्वजनिक


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित ‘डायनकी छोरी’ कथा संग्रहको लोकार्पण गरिएको छ । पत्रकार भैरव रिसालले कथा संग्रहको लोकार्पण गरेका हुन् ।

लेखक पौड्यालले नेपाली परिवेश, मौलिक भाषालाई कथामा उतारेको बताए । उनले फरक–फरक विषयका २१ वटा कथा फरक परिवेशमा आधार रहेर लेखेको बताए ।

कार्यक्रममा साहित्यकार डा. तुलसी भट्टराई, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, पूर्व प्रशासक नरेन्द्रराज पौड्याल, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष शान्तराम बिडारी, प्रेस युनियन केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौड्याल, फोरम फर हेल्थ एण्ड टेक्निकलका महासचिव सुनिल कुमार चालिसे, नागरिक समाज जीवनलाल शर्मा, पौड्याल वंश महासंघका उपाध्यक्ष दीपकप्रसाद पौड्याल र पूर्व सांसद बद्रीप्रसाद खतिवडा, घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले किताबमाथि चर्चा गरेका थिए ।

कार्यक्रममा वक्ताहरुले लेखकलाई कथा संग्रह प्रकाशन र निरन्तरताको शुभकामना दिएका थिए । सिमल बुक पब्लिकेशन्सले प्रकाशन गरेको कथा संग्रहमा २१ फरक क्षेत्रका कथा समेटिएका छन् । पुस्तकको मूल्य ३५० रूपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ४ : १० बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै