तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने माओवादी केन्द्र संसदीय दलको निर्णय « Khabarhub

तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने माओवादी केन्द्र संसदीय दलको निर्णय


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय पनि गरेको छ । सिंहदरबारमा मंगलबार बसेको बैठकले संसद बिघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्चले नै उल्टाई दिएको अवस्थामा प्रधानमन्त्री पदमा रहन नमिल्ने ठहर गरेको सांसद वर्षमान पुन अनन्तले जानकारी दिए ।

उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा पनि कुनै छलफल नभएको बताए । त्यस्तै उनले माओवादीका ६ जना सांसदहरु अर्को दलमा गएको भन्ने बिषयमा आफ्नो धारणा पेश गर्न पनि पत्राचार गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकले पुष्प कमल दाहाल प्रचण्डलाई दलको नेता र देव गुरुङलाई मुख्य सचेतकमा कायमै राख्ने निर्णय भएको पुनले बताए । बैठकमा संसदीय दलका नेता प्रचण्डले राजनीतिक घटनाक्रममा बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  २ : १९ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय