संसद बैठक बिजनेसविहीन : अध्यादेशलाई लिएर सरकार र सभामुखबीच टकराब « Khabarhub

संसद बैठक बिजनेसविहीन : अध्यादेशलाई लिएर सरकार र सभामुखबीच टकराब

सभामुखका कारण संसद बिजनेसविहीन भएको परराष्ट्रमन्त्री ज्ञवालीको आरोप


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकार र सभामुख अग्निप्रसाद सापकोटाबीचको मदभेदले संसद बैठक बिजनेसविहीन भएको देखिएको छ ।

प्रतिनिधिसभा बैठकले सरकारको कारण बिजनेस नपाएको भनेर आलोचना भइरहेको अवस्थामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसमा सरकारको कुनै भूमिका नहरहेको बताउँदै सभामुखको भूमिकाप्रति असन्तुष्टि पोखेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठक संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्दै केही समयमै सकिएको छ ।

बैठकपछि बाहिरिने क्रममा सरकारले संसदलाई बिजनेस किन दिन नसकेको भनेर पत्रकारले सोधेको प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले प्रतिनिधिसभा बैठक बिजनेसविहीन हुनुमा सरकारको कुनै हात नरहेको स्पष्ट पारे ।

संसद बैठक किन बिजनेसविहीन भयो भन्ने प्रश्न सरकारलाई भन्दा पनि सभामुखलाई सोध्न उनले सुझाए ।

सरकारले संवैधानिक दायित्वअनुसार केही अध्यादेश संसदमा पेश गरेको जानकारी दिँदै मन्त्री ज्ञवालीले अध्यादेश स्वीकार गर्ने कि नगर्ने भन्ने कुरा सार्वभौम संसदको कुरा भएको बताए ।

‘संविधानले प्रस्ट रुपमा उल्लेख गरेको पहिलो दिनको बैठकमा अध्यादेश प्रस्तुत गर्नु पर्ने विषयलाई जुन ढंगले उपेक्षा गर्ने काम भयो । दिवंगत भएका सांसदहरूलाई श्रद्धाञ्जलि दिनसमेत तीनवटा बैठक कुर्नु पर्ने अवस्था आयो, ’ उनले भने, ‘यसमा सरकारको कुनै भूमिका छैन । यो प्रश्न सभामुखलाई सोध्नुभयो भने स्पष्ट हुन सक्नु हुन्छ होला ।’

सदन सुचारु ढंगले अगाडि बढाउन सरकारसँग तमाम बिजनेस रहेको उनले दाबी गरे । उनले भने, ‘तर दिएका बिजनेसहरूको अवेज्ञा हुन्छ भने फेरि अरु बिजनेस दिँदा निरन्तर अगाडि जान्छ भन्नेमा हामी कसरी ढुक्क हुन सक्छौँ ?’

सदन नचलेको बेला सरकारले अध्यादेश ल्याउन सक्ने कुरा संविधानले स्पष्ट गरेको बताउँदै उनले भने, ‘त्यसरी आएका अध्यादेशहरू संसद बैठक सुरु भएको पहिलो बैठकमै प्रस्तुत गर्नु पर्ने संवैधानिक बाध्यता छ । त्यो संवैधानिक दायित्व पनि निर्वाह हुँदैन भने यो प्रश्न हामीसँग होइन, संसद प्रशासनसँग सोध्नु पर्छ,’ उनले भने ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  २ : २५ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय