महिलालाई स्कुटर चलाउन तालिम | Khabarhub Khabarhub

महिलालाई स्कुटर चलाउन तालिम


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले महिलालाई सीप प्रदान गर्ने उद्देश्यले स्कुटर चलाउने तालिम सञ्चालन गरेको छ ।

तालिममा महिला जनप्रतिनिधि सहित विभिन्न संस्थाका ४२ जनाको सहभागिता छ । नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले स्कुटर सिकेपछि चालक अनुमतिपत्र प्राप्त गर्ने महिलाका लागि गाडी चलाउन सिकाउने जानकारी दिए ।

नगरपालिका उपप्रमुख रामदेवी तामाङले विगतका दिनमा नगरपालिकाले पूर्वाधार निर्माणको काम अघि बढाइएकामा अब सीप विकासमा जोड दिएको बताए । प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सीप हासिल गरेपछि महिलामाथि हुने गरेको हेपाइमा कमी आउने विश्वास व्यक्त गरे ।

तालिम यही चैत १६ गतेसम्म सञ्चालन हुने महिला तथा बालबालिका शाखाप्रमुख तारादेवी सुनुवारले बताए । नगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्नाका साथै उद्यमी र आत्मनिर्भर बनाउन विभिन्न अन्तर्क्रिया, तालिम र गोष्ठी जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यसअघि नगरपालिकाले सीप विकासअन्तर्गत ३० महिलालाई व्यवसाय सञ्चालन गरेर आर्थिक उपार्जनमा लाग्नका लागि लप्सीको परिकार बनाउने तालिम दिएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ३ : १५ बजे

कोशी प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गरिने

विराटनगर– कोशी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो ३

रोमानिया निर्वाचन : रुस विरोधी निकोसार राष्ट्रपतिमा निर्वाचित

रोमानिया – धेरै महिनाको राजनीतिक अशान्तिपछि रोमानियामा भएको राष्ट्रपति पदको

३१ वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै

खोटाङ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको

राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक