फागुन २८ को निर्णय फिर्ता भए पार्टी एक हुन्छ : वामदेव « Khabarhub

फागुन २८ को निर्णय फिर्ता भए पार्टी एक हुन्छ : वामदेव


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले फागुन २८ गते गरिएको एकलौटी निर्णय फिर्ता गरे पार्टी एक हुने बताएका छन् ।

पार्टी एकता अभियानको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले फागुन २८ को निर्णय बदर गरेर माधव नेपाललगायतका सबै नेता एक ठाउँमा उभिने वातावरण बनाइनु पर्ने बताए । यसले कसैको हानी नगर्ने उल्लेख गर्दै पार्टी एक हुने दाबी गरे ।

सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पार्टी अध्यक्ष ओलीले आफूपक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयनलगायतका निर्णय गरेका थिए ।

उपाध्यक्ष गौतमले पार्टीभित्र अब कसैलाई गाली, शंका र लान्छना लगाउन नहुने बताए ।

‘हिजो मात्रै अध्यक्ष ओलीलाई भेटेर पार्टीको विधान र नवौं महाधिवेशन अनुकुल कार्य गरेर अगाडि बढ्न आग्रह गरें । उहाँलाई पार्टीका अन्तरविरोध समाधान गरेर सबैलाई समेट्ने काम गर्न भनेको छु’ गौतमले भने, ‘विगत केही कालमा गल्ती सबैबाट भएका छन् । आलोचना आत्मालोचनाका माध्यमबाट अगाडि बढौं ।’

एमालेको नेतृत्वमा सबै वामपन्थी समेटिएको सरकार बनाउन सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ३ : ३९ बजे

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका

मनाङमा सबैभन्दा बढी वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो