राष्ट्रसंघको नेतृत्वमा अफगानिस्तानको शान्ति प्रक्रिया अघि बढाउनुपर्ने अमेरिकी विदेशमन्त्रीको आग्रह « Khabarhub

राष्ट्रसंघको नेतृत्वमा अफगानिस्तानको शान्ति प्रक्रिया अघि बढाउनुपर्ने अमेरिकी विदेशमन्त्रीको आग्रह


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन (एएनआई)- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अफगानिस्तानका राष्ट्रपति अशरफ घनीलाई एक पत्र लेख्दै राष्ट्रसंघको नेतृत्वमा “अफगानिस्तानमा शान्तिलाई समर्थन गर्ने एकीकृत दृष्टिकोण” बारे छलफल गर्नुपर्ने बताएका छन् ।

अमेरिकी विदेशमन्त्री घानीले भारतलगायत छ देशका प्रतिनिधिहरुसंग संयुक्त राष्ट्र संघले सहयोग पुर्‍याएको शान्ति सम्मेलनको प्रस्ताव लेखेका छन् । आइतबार घानीलाई पठाइएको पत्रमा ब्लिन्केनले तुर्कीले शान्ति सम्झौताको लागि आगामी हप्ताहरूमा दुबै पक्षको उच्चस्तरीय बैठक बोलाउने छ ।

टोलो न्युजले प्रकाशित गरेको पत्र अनुसार संयुक्त राष्ट्र संघले अफगानिस्तानमा शान्तिलाई समर्थन गर्ने एकीकृत दृष्टिकोणमा छलफल गर्न रुस, चीन, पाकिस्तान, इरान, भारत र अमेरिकाका विदेश मन्त्रीहरू र राजदूतहरूको बैठक बोलाउनु पर्छ ।

यसमा थप भनिएको छ कि अमेरिकी राजदूत जल्मयी खलीलजादले राष्ट्रपति घनी र तालिबानी नेताहरुसँग लिखित प्रस्ताव साझा गर्नु पर्ने बताइएको छ । “जसको उद्देश्य वार्तालाप र युद्धविरामको बारेमा छलफललाई तीव्र पार्नु हो । यी प्रस्तावहरूले शान्ति प्रक्रियाको रोडम्यापमा समावेश भएका केही विचारहरुलाई दर्शाउँछ ।”

ब्लिन्केनले टर्कीलाई आगामी दुई हप्तामा दुवै पक्षको वरिष्ठ तहको बैठक आयोजना गर्न शान्ति सम्झौता टुंगो लगाउन भनिएको छ । उनले घानी वा उनका “आधिकारिक प्रतिनिधि” लाई पनि बैठकमा उपस्थित हुन आग्रह गरेका छन् ।

अमेरिकी विदेशमन्त्रीले यी कागजातहरूले अफगान सरकार र तालिबानीलाई विकासका सिद्धान्तहरूतर्फ उन्मुख गर्न मद्दत पुर्‍याउने छ, जसले देशको संवैधानिक र शासकीय व्यवस्थाको दिशा निर्देशन गर्नेछ, नयाँ, समावेशी सरकारको लागि सडक नक्शा विकसित गर्नेछ र स्थायी युद्धविरामको सर्तको विकास गर्नेछ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ५ : ११ बजे

मुन्दुम ट्रेलमा लालीगुराँसको रौनक: पर्यटक लोभ्याउँदै १८ प्रजातिका गुराँस

खोटाङ – नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक

गायकवाडको कप्तानी इनिङ: मुम्बईमाथि चेन्नाईको ८ विकेट जित

चेन्नाई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको