लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ « Khabarhub

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ७१३२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा लागुऔषधसहित दुई भारतीय नागरिकलाई आज बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार मोतिहारी मौहावाका १९ वर्षीय पप्पुकुमार यादव र भारत विहार मोतिहारी बेलाजितपुरका २६ वर्षीय सुवासकुमार यादव रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले झोलामा लुकाएर ल्याएको एक हजार ४९० एम्पुल लागुऔषधसहित दुईलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेका सुवासकुमार यादवसँग २९५ एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारगन, २९५ एम्पुल नुर्फिन तथा पप्पु यादवसँग २०० एम्पुल डाईजेपाम, २०० एम्पुल फेनारगन र २०० एम्पुल नुर्फिन बरामद गरेको छ । पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ७ : १५ बजे

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२