कम्पनीमा दर्ता हुने यातायात समितिलाई सहजीकरण गर्न देशभरका यातायात कार्यालयलाई निर्देशन | Khabarhub Khabarhub

कम्पनीमा दर्ता हुने यातायात समितिलाई सहजीकरण गर्न देशभरका यातायात कार्यालयलाई निर्देशन


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले यातायात क्षेत्रमा व्याप्त सिन्डिकेट (आलोपालो प्रथा) तोडेको घोषणा गरिसकेपनि यसको व्यवहारिक कार्यान्वयन भने हुन सकेको छैन ।

सिन्डिकेट प्रमुख कारकको रुपमा रहेका यातायात समितिहरु अझै पनि कम्पनीमा दर्ता हुन मानिरहेका छैनन् । यद्यपि सरकारले यातायात समितिलाई अनिवार्य रुपमा कम्पनीमा दर्ता हुन भनिसकेको छ ।

समितिलाई कम्पनीमा दर्ता गर्नका लागि आवश्यक सहजीकरण गर्न पनि यातायात व्यवस्था कार्यालयले मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

यातायात व्यवस्था विभागले देशभर रहेका यातायात समितिलाई कम्पनीमा जान आवश्यक सहजीकरण गर्न देशभरकै यातायात कार्यालयलाई पत्राचार गरेको छ । सरकारले यातायात सङ्घ संस्थालाई कम्पनीमा जान निर्देशन दिएसँगै कम्पनीमा जान आवश्यक पर्ने सहजीकरणका लागि देशभरका यातायात कार्यालयलाई आज पत्राचार गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट चैत २७ को निर्णयअनुसार यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा गठन भएको समितिले दिएको राय सुझावका आधारमा उक्त निर्णय गरिएको विभागका निर्देशक तीर्थराज खनालले जानकारी दिए । उक्त समितिमा विभागका महानिर्देशकसँगै गृह मन्त्रालयका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात कार्यालयका प्रतिनिधि, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधि सदस्य रहेका थिए ।

दर्ताका लागि यातायात कार्यालयमा कागजात पेश गर्ने र यातायात व्यवस्था कार्यालयको प्रमुख वा अधिकृतस्तरको कर्मचारीले प्रमाणित गरेको कागजातलाई आधिकारिक कागजातको रूपमा लिई कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता हुनसक्ने व्यवस्था गरिएको विभागले जनाएको छ । सबै प्रदेश र जिल्लामा कम्पनी रजिष्ट्रार कार्यालय नभएकाले उक्त व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १२ : १३ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित