नयाँ प्रधानमन्त्रीको उम्मेदवार अघि नसरेसम्म सरकारलाई दिएको समर्थन फिर्ता हुँदैन : नेता शर्मा | Khabarhub Khabarhub

नयाँ प्रधानमन्त्रीको उम्मेदवार अघि नसरेसम्म सरकारलाई दिएको समर्थन फिर्ता हुँदैन : नेता शर्मा


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेदवार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् ।

रिपाोटर्स क्लब नेपाालले गरेको साक्षात्कारमा उनले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्रै समस्याको समाधान फिर्ता नहुने जिकिर गरे ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भोलि फेरि एकता पनि हुनसक्ने सम्भावना रहेको उहाको भनाइ छ । उनले पार्टीको नाम परिवर्तनबारे बैठकमा छलफल भए पनि त्यो एजेण्डा नभएको बताए ।

अहिले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुरामा कुनै दाबी नगरेको पनि उनले बताए । नेता शर्माले देशको राजनीतकि परिस्थिति गम्भीर नै रहेको उल्लेख गरे ।

साक्षात्कामा नेकपा (एमाले) का सांसद खगराज अधिकारीले आफूहरु पार्टीलाई एक ढिक्का बनाएर लैजाने गरी अघि बढेको बताए ।

उनले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्न अपिल गरेको पनि बताए ।

सर्वोच्च अदालतको फैसला अनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग-अलग भएको सुनाउँदै त्यसपछि आफूहरु एमालेलाई सुदृढ बनाउने काममा लागेको पनि अधिकारीले बताए ।

साक्षात्कारमा कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने भन्दै परिस्थिति सही र सुनिश्चित् भयो भने सरकारको नेतृत्व लिने बताए ।

अहिले मुलुक अन्यौलको अवस्थामा रहेको र यसको कारण तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै रहेको उनले आरोप लगाए ।

उनले अहिले कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा कांग्रेस जानै हुँदैन भन्ने दुई थरी धारणा रहेको पनि उल्लेख गरे ।

 

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ८ : २० बजे

त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन

कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ

बागलुङ– जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई

सवारी दुर्घटनामा एकजनाको मृत्यु

झापा– झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको