सिन्धुलीस्थित नेता गजुरेलको निवास पुगेका प्रचण्डलाई भेट्न नेता कार्यकर्ताको भीड  « Khabarhub

सिन्धुलीस्थित नेता गजुरेलको निवास पुगेका प्रचण्डलाई भेट्न नेता कार्यकर्ताको भीड 


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुली गएका छन् । उनी ‘रि–फ्रेस’ हुनका लागि बुधबार सिन्धुली गएको जनाइएको छ । पत्नी सीता दाहाल, प्रमुख स्वकीय सचिव जोखबहादुर महराका साथमा उनी सिन्धुली पुगेका हुन् ।

प्रचण्ड सिन्धुली पुगेपनि कुनै औपचारिक कार्यक्रम भने नभएको माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले जानकारी दिए ।

नेता गजुरेलले आफ्नै निवासमा प्रचण्डलाई बस्ने व्यवस्था मिलाइएको समेत बताए । प्रचण्ड सिन्धुली आएको र नेता गजुरेलको निवास ढुंग्रेबासमा बास बसेको जानकारीपछि त्यहाँ स्थानीय नेता कार्यकर्ताको भेला भएका छन् ।

अध्यक्ष प्रचण्डलाई जिल्ला पार्टी अध्यक्ष राजन दाहाल लगायत नेता, कार्यकर्ताले स्वागत गरेका थिए ।

प्रचण्ड भोलि बिहान सिन्धुलीको रातमाटामा ८ बजे हुने कार्यकर्ता भेटघाटमा सहभागी हुने नेकपा माओवादीका सिन्धुली अध्यक्ष राजन दाहालले जानकारी दिए ।

उनी बेला-बेलामा ‘रि-फ्रेस’ हुनका लागि कहिले सिन्धुली त, कहिले सिन्धुपाल्चोकतिर पुग्ने गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ९ : २८ बजे

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

काठमाडौं – सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र

श्रमिकको शव स्वदेश ल्याउन सहजीकरण गर्दै श्रम मन्त्रालय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति

विपक्षीले प्रधानमन्त्रीबाट जवाफ खोजेपछि प्रतिनिधिसभाको बैठक स्थगन

काठमाडौं – प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन भएको छ

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएन : सिबिफिन

काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछ : अर्थमन्त्री वाग्ले

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम