एमाले संसदीय दलको बैठक आज, खनाल-नेपाल समूहले बहिष्कार गर्ने | Khabarhub Khabarhub

एमाले संसदीय दलको बैठक आज, खनाल-नेपाल समूहले बहिष्कार गर्ने


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको संसदीय दलके बैठक आज बस्दैछ ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक डाकिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

एमालेको खनाल-नेपाल समूहले संस्थापन पक्षलाई चुनौती दिँदै राष्ट्रिय भेला गरेपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले बैठक  डाकेका हुन् ।

सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा उपस्थित हुन मोबाइलमा म्यासेज गरिएको प्रमुख सचेतक भट्टराईले बताए ।

फागुन ११ को सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापित भएको प्रतिनिधिसभा बैठक शोक प्रस्ताव मात्रै पारित गरेर स्थगित भइरहँदा  कसरी प्रस्तुत हुने भन्नेबारे अध्यक्ष ओलीले सांसदहरूलाई आजको बैठकमा निर्देशन दिने भट्टराईले बताए ।

तर एमालेको आजको संसदीय दलको बैठकलाई खनाल-नेपाल पक्षले बहिष्कार गर्ने भएको छ । राष्ट्रिय भेलामा व्यस्त हुनुपर्ने भएको कारण देखाउँदै सो समूहले बैठक बहिष्कार गर्न लागेको हो ।

राष्ट्रिय कार्यकर्ता भेला आज साँझ ५ बजेसम्म चल्ने भएकाले अरू कार्यक्रममा जान नसकिने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार नेकपा एमाले २०७५ को जेठ २ को अवस्थामा फर्कनु पर्ने अडानमा खनाल-नेपाल समूह छ ।

ओलीले फागुन २८ मा गरेको केन्द्रीय कमिटी पुनर्गठन, नेताहरूको जिम्मेवारी हेरफेरलगायतका निर्णय सच्चिनु पर्ने बताउँदै आएको छ । तर, त्यसका लागि खनाल-नेपाल समूह बैठकमा सहभागी हुनुपर्ने ओली पक्षको अडान छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ७ : ५० बजे

कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ

बागलुङ– जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई

सवारी दुर्घटनामा एकजनाको मृत्यु

झापा– झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो