पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना « Khabarhub

पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भूभागहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार र शनिबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

चैत्र ०५ गते (बिहीबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली  र तराईका भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली  र तराईका भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०६ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली  र तराईका भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली  र तराईका भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०७ गते (शनिबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागहरुमा आंशिक रहनेछ । प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ८ : २० बजे

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी