यस्तो पनि प्रतियोगिता, धेरै रुने बच्चाका आमाबुवालाई आकर्षक पुरस्कार ! | Khabarhub Khabarhub

यस्तो पनि प्रतियोगिता, धेरै रुने बच्चाका आमाबुवालाई आकर्षक पुरस्कार !


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


तपाईंलाई आफ्ना बच्चा रोएको मन पर्छ ? यो प्रश्नमा धेरैजनाको जवाफ पक्कैपनि ‘पर्दैन’ भन्ने नै हुन्छ ।

तर, जापानमा भने एक यस्तो परम्परा छ जसमा बच्चालाई धेरै भन्दा धेरै रुवाइन्छ । अझ रोचक कुरा त के भने धेरै रुन सक्ने बच्चाका अभिभावकले पुरुस्कार समेत पाउँछन् ।

जापानको राजधानी टोकियो नजिकैको आसाकसामा मनाइने ‘नाकी सुमो’ नामक यो परम्परागत प्रतियोगितामा सहभागी हुन आमाहरुले आप्ना बच्चा बाकेर प्रतियोगितास्थाल (खास गरेर मन्दिर)मा आउँछन् । देख्दै डरलाग्दा र भीमकाय शरीर भएका पहलमानहरुलाई आफ्ना बच्चा थमाइदिन्छन् ।

डरलाग्दो शरीर भएको व्यक्तिको हातमा पर्दा बच्चा पक्कै पनि रुनै नै भए । अझ पहलमानहरुले बच्चा बढी रोओस् भनेर झ्याङ्गल–झुङ्गल पनि पार्छन् ।

बच्चा रोइरहँदा आमाहरु खुसी हुन्छन् । किनभने जो बच्चा सबैभन्दा लामो समयसम्म बेस्सरी चिच्याएर रुन्छ, त्यहि बच्चा प्रतियोगिताको विजेता घोषणा हुन्छ । विजयी बच्चाका आमा–बुवाले प्रतियोगितामा तोकिएको पुरुस्कार पनि पाउँछन् ।

खासमा यो परम्परागत प्रतियोगिता विगत ४ वर्षदेखि निरन्तर रुपमा चलिरहेको जनाइन्छ । रुनु बच्चाहरुको स्वास्थ्यका लागि फाइदाजनक हुने विश्वासका साथ यो प्रतियोगिता आयोजना गर्ने गरिन्छ ।

यो वर्षको ‘स्पिङ सिजन’मा पनि जापानमा बच्चाहरुलाई रुवाउने प्रतियोगिता आयोजना गरिएको थियो ।

यो प्रतियोगितामा सन् २०१८ मा जन्मिएका १ हजार ६० बच्चा–बच्ची सहभागी भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले लेखेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १ : १४ बजे

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज

फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

तानसेन– केही वर्ष अघिसम्म वर्खा लागेपछि यहाँका फाँट र सिमसारमा

सुदूरपश्चिमका वनमन्त्री चौधरी बर्खास्त 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर

विनोद चौधरीलाई दिनेश कोइरालाको जवाफ- पार्टीलाई चन्दा दिँदैमा जे पनि गर्न मिल्दैन  

काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीलाई चन्दा दिएकै

पार्किङ सुरू भएपछि खुले न्यूरोडका सटर (तस्बिरहरू)

काठमाडौं– न्यूरोड ताम्राकार हाउस क्षेत्रमा ग्राहकहरूको मोटरसाइकलमा व्हील लक गरेको