तीन महिने कार्यक्रम पारित गर्दै खनाल-नेपाल समूहको भेला आज सकिँदै | Khabarhub Khabarhub

तीन महिने कार्यक्रम पारित गर्दै खनाल-नेपाल समूहको भेला आज सकिँदै


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ नेकपा एमालेको खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदैछ ।

ललितपुरको सानेपास्थित एक होटलमा जारी भेला आज साँझ ५ बजे सकिँदै छ । पार्टीमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेलेर एकलौटी रुपमा अगाडि बढेको भन्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल पक्षधरहरुले भेला आयोजना गरेका हुन् ।

भेलाले उक्त समूहको आगामी रणनीति पनि तय गर्ने तयारी छ । भेलाले तीन महिने अभियान लिएर तल्लो तहसम्म जाने कार्यक्रम पारित गर्ने तयारी भएको छ । भेलामा २ हजार हाराहारी नेता कार्यकर्ता सहभागी भएका छन् ।

फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार नेकपा एमाले २०७५ को जेठ २ को अवस्थामा फर्कनु पर्ने अडानमा खनाल-नेपाल समूह छ ।

ओलीले फागुन २८ मा गरेको केन्द्रीय कमिटी पुनर्गठन, नेताहरूको जिम्मेवारी हेरफेरलगायतका निर्णय सच्चिनु पर्ने बताउँदै आएको छ । तर, त्यसका लागि खनाल-नेपाल समूह बैठकमा सहभागी हुनुपर्ने ओली पक्षको अडान छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ९ : २० बजे

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई

सवारी दुर्घटनामा एकजनाको मृत्यु

झापा– झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको