घुम्ती शिविरमार्फत ८५ सञ्चारकर्मी तथा पत्रकारलाई सेवा | Khabarhub Khabarhub

घुम्ती शिविरमार्फत ८५ सञ्चारकर्मी तथा पत्रकारलाई सेवा


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- सूचना तथा प्रसारण विभागले हिमाली जिल्ला ताप्लेजुङमा सञ्चालन गरेको घुम्ती शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रममार्फत ८५ सञ्चारकर्मी तथा पत्रकारले सेवा लिएका छन् ।

मङ्गलबारदेखि सदरमुकाम फुङ्लिङमा सञ्चालित शिविरमार्फत ताप्लेजुङ र छिमेकी जिल्ला पाँचथरका समेत सञ्चारकर्मी एवं पत्रकारले सेवा लिएका हुन् ।

शिविरमा ४० सञ्चारकर्मी तथा पत्रकारले नयाँ प्रेस पास लिएका छन् भने एकको पुरानो प्रेस पास नवीकरण भएको छ । सेवा प्राप्त गर्नेमध्ये ४० जनाले भने क्षमता अभिवृद्धि तथा पुनर्ताजगी तालीम लिएका छन् ।

यस्तै तीन वटा नयाँ अनलाइन दर्ता भएको छ भने तीन अनलाइन थप प्रक्रियाका लागि विभागमा पठाइएको छ । उक्त अनलाइन सञ्चारमाध्यमको विभागबाटै दर्ता गरी जिल्ला हुलाक कार्यालयमार्फत दर्ता प्रमाणपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

शिविरमा एक जनाको १० वर्षे पत्रकारितासम्बन्धी अनुभवसमेत प्रमाणीत गरिएको छ । यो कार्यक्रम मुख्यतः हिमाली जिल्ला ताप्लेजुङ र आसपासका जिल्लाका सेवाग्राहीको सहजताका लागि लक्षित रहेको विभागका निर्देशक सुमन बज्राचार्यले जानकारी दिए । घुम्ती शिविर बुधबार सम्पन्न भएको छ भने क्षमता अभिवृद्धि तालीम आज समापन हुनेछ ।

यसअघि बाग्लुङ र रोल्पा जिल्लामा समेत यस्तै शिविर आयोजना भइसकेको छ । ताप्लेजुङ्गमा सम्पन्न भएको कार्यक्रम यस वर्ष सम्पन्न तेस्रो कार्यक्रम हो ।

यसपछि लमजुङमा घुम्ती शिविर आयोजना हुने बताइएको छ । हिमाली जिल्लामा यसरी सञ्चालित तालीम र घुम्ती शिविरबाट यहाँका पत्रकार एवं सञ्चारमाध्ययमलाई सेवा लिनका लागि सहज भएको भन्दै कार्यक्रम आयोजकप्रति पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका कार्यवाहक अध्यक्ष चन्द्र पन्धाक (प्रयास) ले आभार व्यक्त गरे ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १० : ३० बजे

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नायक प्रदीप

काठमाडौं – कान्स फिल्म फेस्टिभलको यो वर्षको संस्करणमा नेपाली फिल्म

मन्त्रिपरिषद् बैठक स्थगित, ओली र देउवाबीच छलफल हुने

काठमाडौं– मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । आज बस्ने भनिएको

चीन जाँदै पूर्वराष्ट्रपति भण्डारी, उच्च तहको भेटघाट गर्ने तयारी

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आगामी १० जेठमा उत्तरी छिमेकी चीन

प्रभु बैंक र इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केबलकारबीच समझदारी

काठमाडौं– प्रभु बैङ्क लिमिटेडर इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केबलकार लिमिटेडबीच समझदारीपत्रमा

पल र नीतिले सके फिल्म ‘मोहर’को शीर्ष गीत ‘चाहिँदैन मोहर’को छायाङ्कन

काठमाडौं– नायक पल शाह र नायिका नीति शाह स्टारर फिल्म