प्रिय व्यक्तिलाई अंकमाल गरौँ, तनाव घटाऔँ « Khabarhub

प्रिय व्यक्तिलाई अंकमाल गरौँ, तनाव घटाऔँ


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

आफ्नो प्रिय मानिससँग अंकमाल गर्न कसलाई मन नहोला र ? अंकमालको कल्पना मात्रले पनि मानिसको मनमा एक प्रकारको तरंग उत्पन्न हुन्छ । तर किन हाम्रो जीवनमा अंकमालले यतिधेरै महत्व राख्दछ त ?

कुनै व्यक्तिले कसैलाई अँगालो हाल्दा उसको रगतमा अक्सिटोसिन हार्मोन प्रवाहित हुन थाल्छ । यो हार्मोनले रक्तचाप र तनाव नियन्त्रण गर्न र स्मरणशक्ति बढाउन महत्वपुर्ण मानिन्छ । अझ आफ्नो प्रिय मानिस, प्रेमीप्रेमिका, श्रीमानश्रीमती, सन्तान वा अभिभावकसँग अंकमाल गर्दा यसले दोब्बर रुपमा स्मरणशक्ति बढ्छ । साथै तनाव कम गर्दछ ।

अध्ययनकर्ताका अनुसार, व्यक्तिको सामाजिक व्यवहार निर्धारण गर्न अक्सिटोसिनको अहम् स्थान हुन्छ । यो हार्मोनले व्यक्तिहरु आपसमा घनिष्ठता बढाउँछ । महिलाहरु आमा बन्नु र स्तनपान गराउन सक्षम हुनुमा पनि यो हार्मोनको हात हुन्छ । त्यसैले आमा र शिशुको सम्बन्ध बलियो बनाउनमा पनि यही हार्मोन जिम्मेवार हुन्छ ।

अँगालो मार्नु भनेको माया दर्साउनु हो । कसैले कसैलाई अँगालो हाल्दा एकअर्काप्रति सहानुभूति उत्पन्न हुन्छ । साथै शरीरमा सकारात्मक प्रभाव पर्छ । सकारात्मक प्रभाव परेपछि मस्तिष्क चंगा हुन्छ । र मस्तिष्कले धेरै कुरा सम्झन सक्छ ।

तर एक अर्कालाई नचिन्ने, मन नपर्ने र अँगालोको चाहना नराख्ने व्यक्तिसंग अकंमाल गर्दा भने यसले कुनै पनि प्रभाव पार्दैन । इच्छा बेगर कुनै अपरिचित वा परिचितद्वारा अँगालो मार्दा पनि अक्सिटोसिन हार्मोन सक्रिय हुँदैन । मन नलागी नलागी अँगालो मार्दा उल्टै तनाव चाहिँ बढ्छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १२ : ५३ बजे

११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते  

काठमाडौं– वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका विपद्का

साँखुमा गोली चल्यो, तीनजना लागूऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको

थापाथलीको सुकुम्बासी बस्तीमा चहलपहल (तस्बिरहरु)

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्बासी बस्ती असामान्य

पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ३१ जना घाइते

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको

प्रधानमन्त्री भन्छन् : सुकुम्वासीमाथि बल प्रयोग हुँदैन, मानवीय ढंगले सुरक्षित स्थानमा सार्छौँ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्वासी