राज्य सत्ता र राजनीतिक दलहरु जनताको निगरानीमा रहनुपर्छ : नेता पुन (भिडियोसहित) « Khabarhub

राज्य सत्ता र राजनीतिक दलहरु जनताको निगरानीमा रहनुपर्छ : नेता पुन (भिडियोसहित)


५ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले राज्य सत्ता र राजनीतिक दलहरु समेत जनताको निगरानीमा रहनुपर्ने बताएका छन् ।

विकसित २१ सताव्दीको समाजवादी व्यवस्थाको कुरा गर्दै गर्दा यसको मर्म भनेको जनताबाट चुनिनुपर्ने नै भएको उनले बताएका हुन् ।

२३औं सांस्कृतिक प्रतिरोध दिवस को अवसरमा माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित ‘आजको समाजवाद र संगठनात्मक संस्कृति’ विषयक अन्तरक्रियामा नेता पुनले चुन्ने र चुनिने खालको जनवादी अभ्यासमा जाने वित्तिकै राजनीति सुध्रिने जिकिर गरे ।

नेता पुनले अब लेलिनकालीन र माओकालीन नभई २० औं सताव्यदीका समाजवादी क्रान्तिबाट पाठ सिकेर विकास गर्नुपर्ने पनि बताए ।

हेरौँ भिडियो

फरक प्रसंगमा उहाले प्रधानमन्त्री केपी ओलीले समाजवादको बाटो छोड्न खोजेकाले समस्या सिर्जना हुन थालेको जिकिर गरे ।

एक पटक नेता भएपछि सधैं नेता नहुने, एक पटक क्रान्तिबाट जन्मिएको सत्ता सधैं क्रान्तिकारी नहुने, नोकरशाही हुने खतरा रहेको बताउँदै उनले राज्य सत्तालाई जनताको निगरानीमा राख्ने कुरा यसैको मर्म अनुसार आएको बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  १० : ५९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको