संविधानको रक्षाका लागि सबै दलहरु एकजुट बनौँ : पूर्वराष्ट्रपति यादव « Khabarhub

संविधानको रक्षाका लागि सबै दलहरु एकजुट बनौँ : पूर्वराष्ट्रपति यादव


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वराष्ट्रपति डा रामवरण यादवले राजनीतिक दलहरु जिम्मेवारपूर्ण रुपमा अघि बढ्नुपर्ने बताएका छन् ।

चितवनमा आज पत्रकारसँग कुरा गर्दै उनले दलहरुले आआफ्नो भूमिका महत्वपूर्ण ढङ्गले निर्वाह गर्नुपर्नेमा जोड दिए ।

डा यादवले भने, “दलहरुलाई नेपाली जनताले हेरिरहेका छन् ।” उनले संविधान रक्षाका लागि सबैलाई जुट्न आग्रह पनि गरे ।

उनले भने, “म आशा गर्छु, राजनीतिक दलहरुले आ-आफ्नो कर्तव्य निर्वाह गर्नेछन् ।” देशलाई कसरी संविधानसम्मत चलाउने भन्ने जिम्मेवारी दलको भएको डा यादवले बताए ।

उनले भने “हामी लोकतन्त्रमा छौँ । यसको मर्यादा, लोकतान्त्रिक मर्मअनुसार प्रतिनिधिसभालाई सञ्चालन गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । सर्वोच्च अदालतको प्रतिष्ठा जनताका बीचमा स्थापित भएको छ । सबै संविधानको मर्मअनुसार चलौँ ।”

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ७ : ५५ बजे

सुकुम्वासी बस्ती खाली गर्ने विषयविरुद्ध रिट दायर

काठमाडौं– काठमाडौंका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती

सेवालाई नवीनतम प्रविधिमा अब्बल बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र मेसिनहरूले मात्र अबको

वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्रचार

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक व्यवस्थापन

मन्त्रिपरिषद् निर्णय : संसद्को ‘बिजनेस’का लागि अधिवेशन स्थगन

काठमाडौं– मन्त्रिपरिषद् बैठकको विभिन्न मितिमा भएका निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ