जसपाको कार्यकारिणी समिति बैठक स्थगित « Khabarhub

जसपाको कार्यकारिणी समिति बैठक स्थगित


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन ।

वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन ।

ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा आज भएको पदाधिकारी बैठक निष्कर्षहीन भएको छ ।

आजैका लागि बोलाइएको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि स्थगन भएको छ । समितिको बैठकको तयारीस्वरुप बिहान भएको पदाधिकारी बैठकले आवश्यक तयारी नपुगेको जनाउँदै बैठक स्थगन गरेको थियो ।

मध्याह्नका लागि तय गरिएको समितिको बैठक अनिश्चितकालका लागि स्थगन भएको जसपाका नेता केशव झाले जानकारी दिए । बैठक बस्नुअघि पदाधिकारीबीच छलफल भए पनि थप तयारी गर्नुपर्ने देखिएको जनाइएको छ ।

यसअघि यही चैत २ गते भएको जसपाका शीर्षनेताको बैठक पनि निष्कर्षहीन भएको थियो । चैत ३ गतेको पदाधिकारी बैठकसमेत स्थगन गरिएको थियो ।

अघिल्ला सबै बैठकमा सत्ता साझेदारीलगायत विषयमा पार्टीले स्पष्ट धारणा बनाउनेबारे छलफल भए पनि निष्कर्षमा पुगिनसकेको जसपाले जनाएको छ ।

सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग चरणबद्ध छलफल गरेको थियो ।

जसपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि परामर्श गरेको थियो । पार्टीले बन्दी रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायत माग राख्दै आएको छ । जसपामा ३४ सांसद रहेकामा दुई सदस्य निलम्बित छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ६ : १८ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि