जसपाको कार्यकारिणी समिति बैठक स्थगित « Khabarhub

जसपाको कार्यकारिणी समिति बैठक स्थगित


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन ।

वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन ।

ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा आज भएको पदाधिकारी बैठक निष्कर्षहीन भएको छ ।

आजैका लागि बोलाइएको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि स्थगन भएको छ । समितिको बैठकको तयारीस्वरुप बिहान भएको पदाधिकारी बैठकले आवश्यक तयारी नपुगेको जनाउँदै बैठक स्थगन गरेको थियो ।

मध्याह्नका लागि तय गरिएको समितिको बैठक अनिश्चितकालका लागि स्थगन भएको जसपाका नेता केशव झाले जानकारी दिए । बैठक बस्नुअघि पदाधिकारीबीच छलफल भए पनि थप तयारी गर्नुपर्ने देखिएको जनाइएको छ ।

यसअघि यही चैत २ गते भएको जसपाका शीर्षनेताको बैठक पनि निष्कर्षहीन भएको थियो । चैत ३ गतेको पदाधिकारी बैठकसमेत स्थगन गरिएको थियो ।

अघिल्ला सबै बैठकमा सत्ता साझेदारीलगायत विषयमा पार्टीले स्पष्ट धारणा बनाउनेबारे छलफल भए पनि निष्कर्षमा पुगिनसकेको जसपाले जनाएको छ ।

सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग चरणबद्ध छलफल गरेको थियो ।

जसपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि परामर्श गरेको थियो । पार्टीले बन्दी रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायत माग राख्दै आएको छ । जसपामा ३४ सांसद रहेकामा दुई सदस्य निलम्बित छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ६ : १८ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक