१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले नेपाल-खनाल पक्षको राष्ट्रिय भेला (भिडियोसहित) « Khabarhub

१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले नेपाल-खनाल पक्षको राष्ट्रिय भेला (भिडियोसहित)


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  १७ बुँदे प्रस्ताव पारित गर्दै नेकपा एमाले ‘नेपाल-खनाल’ समूहको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको छ ।

बुधबारबाट शुरु भएको भेलाले बिहिबार उपाध्यक्ष भीम रावलले पेश गरेको प्रस्ताव पारित गरेको हो । भेलाले एमाले र माओवादीका बीचमा भएको एकीकरण नै खारेज गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असहमति प्रकट गरेको छ ।

हेरौँ भिडियो

भेलाले फागुन २८ गते केपी शर्मा ओली नेतृत्वमा बसेको केन्द्रीय कमिटि बैठकले गरेको निर्णय सच्याउन समेत आग्रह गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कमिटीमा माओवादीका नेताहरुलाई मनोनयन गदै एमालेका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय अस्वीकार गर्ने र देशव्यापी रुपमा भेला आयोजना गर्ने प्रस्ताव समेत नेपाल समूहको भेलाले पारित गरेको छ ।

भेलाको दोस्रो दिन बिहीबार उपाध्यक्ष रावलले प्रस्तुत गरेको १७ बुँदे प्रस्ताव १० वटा समूहले समूहगत रुपमा छलफल गरेको र उनीहरुको सुझावलाई समेटेर परिमार्जनसहित परित गरिएको नेता योगेश भट्टराईले जानकारी दिए ।

यी हुन राष्ट्रिय भेलामा पारित १७ बुँदे प्रस्ताव

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ७ : ०९ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,