मुलुकलाई निकास दिन कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्छ : नेता सिंह (भिडियोसहित) « Khabarhub

मुलुकलाई निकास दिन कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्छ : नेता सिंह (भिडियोसहित)


५ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको अवस्थामा मुलुकलाई निकास दिनका लागि कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौं २९ घट्टेकुलोस्थित प्रहरी बिट उद्घाटन गर्दै नेता सिंहले वर्तमान अवस्थामा सरकारको नेतृत्व कांग्रेसले गर्नुपरे पनि पछि हट्न नहुने बताए ।

जनताले कम्युनिष्टलाई म्यान्डेड दिए पनि कम्युनिष्ट सरकार असफल देखिएको नेता सिंहको भनाइ छ ।

हेरौँ भिडियो

उनले संविधान विरोधी र लोकतन्त्र विरोधी काम गर्ने प्रधानमन्त्री ओलीको सरकारलाई छिटो भन्दा छिटो हटाउनुपर्नेमा जोड दिए ।

५ वर्षको म्यान्डेड पाएको दलले सरकार चलाउन नसकेको वर्तमान अवस्थामा अर्को सरकार बनाएर बाँकी समयमा निर्वाचनको तयारी गर्नुपर्ने आफूहरुको धारणा रहेको उहाले बताए ।

नेता सिंहले राजनीतिलाई सेवा भन्दा पनि स्वार्थ केन्द्रीत गर्दा जनतामा निराशा छाएको बताए।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ७ : २१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको