ओलीविरुद्ध ‘भण्डाफोर’मा लाग्न कार्यकर्तालाई नेता नेपालको निर्देशन « Khabarhub

ओलीविरुद्ध ‘भण्डाफोर’मा लाग्न कार्यकर्तालाई नेता नेपालको निर्देशन


५ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको उल्लेख गर्दै जस्तोसुकै परिस्थितिको सामना गर्न नेता कार्यकर्तालाई तयार भएर बस्न निर्देशन दिएका छन् ।

नेपाल–खनाल समूहले काठमाडौँमा गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै  नेता नेपालले पार्टीबाट निकाल्न खोजे पनि आफूहरु अन्तिमसम्म लड्न तयार रहेको बताएका हुन् ।

नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध ‘भण्डाफोर गर्न’का लागि आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

ओलीविरुद्धको ‘भण्डाफोर’मा लाग्नुहोस् भन्दै उनले आवश्यक परेको खण्डमा पद त्याग गर्नका लागि पनि तयार रहन समेत निर्देशन दिए ।

‘कारवाही गर्ने कुरामा ओलीलाई सजिलो छैन । जनप्रतिनिधिले पार्टी त्याग गरेर अर्को पार्टीमा गएको खण्डमा मात्रै हटाउन पाउँछन् ।’ उनले भने, ‘नत्र कानूनी रुपमा सक्दैनन् ।’

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ८ : २० बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको