दोहा- कुवेतस्थित नेपाली दूतावासका एक जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
दूतावासले विज्ञप्ति जारी गर्दै एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भौतिक उपस्थिति भएर लिनुपर्ने सेवा बन्द गरेको जनाएको छ ।
स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि कर्मचारी कोभिड-१९ बाट संक्रमित भएकाले सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी हाललाई राहदानी नवीकरण, कागजात प्रमाणीकरण तथा कागजात जारी सम्बन्धी सेवा बन्द गरिएको दूतावासले जनाएको जनाएको छ ।
दूतावासले बिहीबार अर्को सूचना नआएसम्म माथि उल्लेखित सेवा बन्द गरिएको जनाएको हो । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति दूतावास क्षमाप्रार्थी रहेको समेत जनाएको छ ।
यस अवस्थामा सेवाग्राहीहरूलाई अत्यावश्यक सेवा सम्बन्धी महत्वपूर्ण जानकारी लिनुपरेमा दूतावासको हटलाइन नम्बर ९८८६९१२१ र टेलिफोन नम्बर २५३२१६०३, २५३२१६०४, २५३२१६०५ वा [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया