आर्मी र पुलिस इलाम आमन्त्रण खुला पुरुष भलिबलको सेमिफाइनलमा « Khabarhub

आर्मी र पुलिस इलाम आमन्त्रण खुला पुरुष भलिबलको सेमिफाइनलमा


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – विभागिय टिम आर्मी र नेपाल पुलिस क्लब दोस्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।

शुक्रबार भएको दोस्रो खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै आर्मी सेमिफाइलन पुगेको हो । गण्डकीविरुद्ध आर्मीले १५–२५, १८–२५, २५–२१ र १९–२५ को सेटमा जीत हात पारेको हो ।

यसअघि, आजै भएको पहिलो खेलमा पुलिस क्लबले भारतीय खेलाडी सम्मिलित दमक नगर भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

पुलिसले दमकलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पुलिसले दमकलाई २५–२०, २५–१५ र २५–१६ को सोझो सेटमा सहजै जित दर्ता गर्‍यो ।

समूह बी मा एपीएफ २ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगिसकेको छ । पुलिस ४ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उपविजेता बन्यो ।

प्रतियोगिताको सेमिफाइनलका खेलहरु शनिबार हुने छन् भने फाइनल आइतबार हुने छ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ३ : १२ बजे

सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन बनाउन संकल्प प्रस्ताव दर्ता

काठमाडौं– सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन निर्माणको माग गर्दै

‘कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ’

काठमाडौं– प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई

गगनलाई धम्क्याउन ‘देउवा’ अस्त्र प्रयोग गर्दै इतर समूह

काठमाडौं– नेपाली कांग्रेसमा शीर्ष नेतासहित युवा पूर्व सभापति शेरबहादुर देउवालाई

बाल सुधारगृहको विस्तृत अवस्था प्रतिवेदन पेस गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले देशभर सञ्चालनमा रहेका