सामाजिक सुरक्षामा श्रमिक संलग्न गराउन रोजगारदाताको चलखेल | Khabarhub Khabarhub

सामाजिक सुरक्षामा श्रमिक संलग्न गराउन रोजगारदाताको चलखेल


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले गत मंसिर महिनादेखि सञ्चालनमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्याक्रममा श्रमिकलाई रोक्न रोजगारदाता कम्पनीले चलखेल गरिरहेको ट्रेड युनियनका प्रतिनिधिले आरोप लगाएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्याक्रम संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)का प्रतिनिधिले श्रमिकलाई रोक्न चलखेल भइरहेको आरोप लगाएका हुन् ।

सरकारले सामाजिक सुरक्षा कार्याक्रम श्रमिक र रोजगारदाता दुवैलाई हित हुने लागू गरेपनि यो कार्याक्रम रोक्न रोजगारदातालै नै चलखेल गरिरहेको भन्दै केन्द्रका प्रतिनिधिले सरकारको ध्यानार्षण गराएका छन् ।

श्रमिकलाई सिद्रा बनाएर काम लगाउन पल्किएका रोजगारदाता कम्पनीले कोषले दिएको स्कीमभित्र श्रमिक आउनका लागि रोक्न खोजीरहेको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताए ।

उनले भने, ‘दिन रात नभनी रोजीरोटीका लागि रोजगारी गर्ने श्रमिकलाई सरकारले दिएका सुविधा कटौती गर्ने खोज्नु अपराध हो । यो विषयमा सरकारले गम्भीर भएर काम गर्नुपर्छ । नत्र श्रमिक अन्यायमा पर्छन ।’

सरकारले लिएको सुखी नेपाली समृद्धि नेपालको लक्ष्यमा पुग्न श्रमिकका समस्या सुरुमा समाधान गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले लागू गरेको न्यूनतम तलब सुविधा र सुरक्षा कार्याक्रममा लोकप्रियता कमाउन रोजगारदाता कम्पनी हस्ताक्षर गरेपनि व्यवहारमा पालन गर्ने हिचकिचाउने गरेको नेपाल ट्रेड युनियन कांग्रेशका अध्यक्ष पुस्कार आचार्यले बताए ।

देशभित्र रोजगारीका अवसर भएपनि सुरक्षित नहुँदा वैदेशिक रोजगारीमा जाने युवाको संख्या बृद्धि भएको उनको भनाइ थियो ।

युनियनले मे दिवसको अवसरमा विभिन्न कार्याक्रम गरिन मनाउने भएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले गर्ने लागेको सभामा प्रधानमन्त्री केपी, पुष्पकमल दाहाललगायतका नेताले सम्बोधन गर्ने केन्द्रले जानकारी दिएको छ । वैशाख १८ गते भृकुटीमण्डप कार्याक्रम गर्न हुँदैछ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ३ : ४८ बजे

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनाी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक

साढे दुई लाखभन्दा बढीले नयाँ मतदाता थपिए

काठमाडौं – हालसम्म दुई लाख ५७ हजार ५०५ नयाँ मतदाताले

जनार्दन पक्षको ‘प्रगतिशील नागरिक पार्टी’ दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं – तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माको संरक्षणमा