सामाजिक सुरक्षामा श्रमिक संलग्न गराउन रोजगारदाताको चलखेल « Khabarhub

सामाजिक सुरक्षामा श्रमिक संलग्न गराउन रोजगारदाताको चलखेल


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले गत मंसिर महिनादेखि सञ्चालनमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्याक्रममा श्रमिकलाई रोक्न रोजगारदाता कम्पनीले चलखेल गरिरहेको ट्रेड युनियनका प्रतिनिधिले आरोप लगाएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्याक्रम संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)का प्रतिनिधिले श्रमिकलाई रोक्न चलखेल भइरहेको आरोप लगाएका हुन् ।

सरकारले सामाजिक सुरक्षा कार्याक्रम श्रमिक र रोजगारदाता दुवैलाई हित हुने लागू गरेपनि यो कार्याक्रम रोक्न रोजगारदातालै नै चलखेल गरिरहेको भन्दै केन्द्रका प्रतिनिधिले सरकारको ध्यानार्षण गराएका छन् ।

श्रमिकलाई सिद्रा बनाएर काम लगाउन पल्किएका रोजगारदाता कम्पनीले कोषले दिएको स्कीमभित्र श्रमिक आउनका लागि रोक्न खोजीरहेको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताए ।

उनले भने, ‘दिन रात नभनी रोजीरोटीका लागि रोजगारी गर्ने श्रमिकलाई सरकारले दिएका सुविधा कटौती गर्ने खोज्नु अपराध हो । यो विषयमा सरकारले गम्भीर भएर काम गर्नुपर्छ । नत्र श्रमिक अन्यायमा पर्छन ।’

सरकारले लिएको सुखी नेपाली समृद्धि नेपालको लक्ष्यमा पुग्न श्रमिकका समस्या सुरुमा समाधान गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले लागू गरेको न्यूनतम तलब सुविधा र सुरक्षा कार्याक्रममा लोकप्रियता कमाउन रोजगारदाता कम्पनी हस्ताक्षर गरेपनि व्यवहारमा पालन गर्ने हिचकिचाउने गरेको नेपाल ट्रेड युनियन कांग्रेशका अध्यक्ष पुस्कार आचार्यले बताए ।

देशभित्र रोजगारीका अवसर भएपनि सुरक्षित नहुँदा वैदेशिक रोजगारीमा जाने युवाको संख्या बृद्धि भएको उनको भनाइ थियो ।

युनियनले मे दिवसको अवसरमा विभिन्न कार्याक्रम गरिन मनाउने भएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले गर्ने लागेको सभामा प्रधानमन्त्री केपी, पुष्पकमल दाहाललगायतका नेताले सम्बोधन गर्ने केन्द्रले जानकारी दिएको छ । वैशाख १८ गते भृकुटीमण्डप कार्याक्रम गर्न हुँदैछ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ३ : ४८ बजे

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज