मुलुकको समृद्धिका लागि कांग्रेसको नेतृत्वमै सरकार बन्नुपर्छ : नेता महत « Khabarhub

मुलुकको समृद्धिका लागि कांग्रेसको नेतृत्वमै सरकार बन्नुपर्छ : नेता महत


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली जनताको हकहित र देशको विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सप्तरीको राजविराजमा आज नेपाल शिक्षक सङ्घद्वारा आयोजित कार्यक्रममा उनले कुनै सम्झौता गरेर पार्टी सरकारमा नजाने बताउँदै वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताए ।

“कांग्रेस एक्लैले केही गर्न नसक्ने अवस्था छ, यसमा मधेशवादी दल र माओवादीको पनि सहकार्य हुनुपर्छ”, उनले भने, “तर हरेक सम्झौता कांग्रेसले नै गर्नुपर्छ भने कांग्रेस सरकारमा जाँदैन ।”

आफ्नो हात खुट्टा बाँधेर, चल्नै नसक्ने बनेर सरकारको नेतृत्व लिन नसकिने बताउँदै यस्तो सरकार अप्ठ्यारोमा पर्न सक्ने सहमहामन्त्री महतको भनाइ थियो ।

सहज रुपमा कांग्रेसको नेतृत्वमा सरकार बन्नु आवश्यक रहेको भन्दै वैकल्पिक सरकार निर्माण गरौँ भनेर माओवादी र मधेश केन्द्रित दल आउँछन् भने नेतृत्व लिन कांग्रेस तयार रहेको उनले उल्लेख गरे ।

उनले सम्मानजनक अवस्थामा कांग्रेस सरकारको नेतृत्व लिन तयार रहेको बेला माओवादी र जसपाले पनि उचित वातावरण बनाउन उत्तिकै जरुरी रहेको जिकिर गरे ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ९ : २६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको