संसदमा देउवाको सम्बोधन– सरकारको नीति तथा कार्यक्रमले विदेशी लगानी आउँदैन « Khabarhub

संसदमा देउवाको सम्बोधन– सरकारको नीति तथा कार्यक्रमले विदेशी लगानी आउँदैन


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम प्रस्ट नभएको बताएका छन् ।

सरकारले विदेशी लगानी आकर्षित गर्न खोजेको भने पनि नीति तथा कार्यक्रमको प्रस्टता बेगर विदेशी लगानी आकर्षित गर्न सम्भव नभएको देउवाको भनाइ छ ।

सोमबारदेखि शुरु भएको संघीय संसदको बजेट अधिवेशनअन्तर्गतको पहिलो वैठकलाई सम्बोधन गर्दै देउवाले नीति तथा कार्यक्रम स्पष्ट नभए सरकारले अधि सारेको समृद्धिको यात्रा पनि साँचो अर्थमा अगाडि नबढ्ने बताए ।

बालुवाटारको सरकारी जग्गा भूमाफियाले कब्जा गरेको विषय सार्वजनिक हुँदा पनि सरकार ढाकछोप गर्न उद्धत रहेको देउवाको आरोप छ ।

‘भ्रष्टाचारका घटनाले नागरिकहरु दिनानुदिन निराश हुँदै गएका छन् । राष्ट्रपतिले समेत भ्रष्टाचार संस्थागत हुँदै गएको भन्नुभएको छ,’ देउवाले भने, बालुवाटारको सरकारी जग्गा समेत भूमाफियाको कब्जामा गएको सार्वजनिक हुँदा सरकार भने ढाकछोप गर्नतिर लागेको छ ।’

आम जनताले गफ र नारामा मात्र कामक सरकारको भूमिका खोजेको देउवाको भनाइ थियो ।

सरकार संघीयता, लोकतन्त्र, गणतन्त्रजस्ता परिवर्तनका संरचना भत्काउन लागिपरेको उल्लेख गर्दै देउवाले भने, ‘यस्तो गर्न खोजिए प्रमुख प्रतिपक्षीको रुपमा कांग्रेसले सशक्त प्रतिकार गर्छ ।’

सरकार ‘कुहिरोमा हराएको काग’को नियतिमा रहेको भन्दै देउवाले त्यसबाट बाहिर आउन पनि आग्रह गरे ।

प्रधानमन्त्रीले सबै निकायका अधिकार प्रधानमन्त्री कार्यालयमा सीमित राखेर आफ्नै मन्त्रीलाई समेत विश्वास गर्न नसकेको देउवाको भनाइ थियो ।

अहिले मुलुकभर निराशा व्याप्त रहेको उल्लेख गर्दै देउवाले भने, ‘सरकार बनेको १४ महिनामा पनि जनतालाई देखाउन लायक एउटा पनि काम भएको छैन ।’

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ४ : ३३ बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

दाङ– घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र

गण्डकी– पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५

राप्ती तटीय क्षेत्रका स्थानीयबाट डुवान–कटान समस्या सुल्झाउन आग्रह

बाँके– बाँकेको राप्ती तटीय क्षेत्रका स्थानीयले बस्ती डुबान र कटानको

वीरगञ्ज भन्सारको राजस्व : पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र