इजिप्टको राष्ट्रपतिको कार्यकाल सन् २०३४ सम्म पुग्नसक्ने « Khabarhub

इजिप्टको राष्ट्रपतिको कार्यकाल सन् २०३४ सम्म पुग्नसक्ने


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजिप्टका सांसदहरुले राष्ट्रपति जनरल अब्देल फताह अल सीसीले सन् २०२२ पछि पनि थप दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्नसक्ने प्रस्ताव पारित गरेका छन् ।

इजिप्टको संसद्को महासमितिले संविधान संशोधन गरी राष्ट्रपतिको दुई कार्यकाल थप गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यसबाहेक राष्ट्रपतिको कार्यकालको समयावधी चार वर्षबाट ६ वर्ष पु¥याइने समेत प्रस्ताव पारित भएको छ ।

त्यसो भएमा वर्तमान राष्ट्रपति सीसीको कार्यकाल सन् २०३४ सम्म पुग्ने छ ।

नयाँ संविधान संशोधनले राष्ट्रपतिको शक्तिमा पनि भारी बृद्धि गरेको छ । अब राष्ट्रपतिले न्यायाधीश तथा अभियोजनकर्ता नियुक्त गर्ने, माथिल्लो सदन सिनेटको सिनेट परिषद् गठन गर्ने अधिकार पनि दिएको छ ।

यसअनुसार उनले सिनेटका एकतीहाई सदस्य मनोनयन गर्न सक्नेछन् ।

यो प्रस्ताव सुरुमा संसद्बाट तथा पछि जनमतसङ्ग्रहबाट पारित भएमा कार्यान्वयनमा आउने छ ।

सीसी सैन्य कुमार्फत् तत्कालिन राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गर्दै सन् २०१३ मा मुलुकको प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् २०१४ मा भएको चुनावमा विजयी भएयता उनले राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ५ : ३१ बजे

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट