प्रतिपक्षी दल काँग्रेसलाई जिम्मेवार बन्न नेता नेम्वाङको आग्रह « Khabarhub

प्रतिपक्षी दल काँग्रेसलाई जिम्मेवार बन्न नेता नेम्वाङको आग्रह


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी दल काँग्रेसलाई जिम्मेवार हुन आग्रह गरेका छन् ।

संसदको बजेट अधिवेशन शुरु भएको पहिलो दिन नेम्वाङले संसदको हिउँदे अधिवेशनले २ सयभन्दा बढी कानून पारित गरेको भन्दै उपनेता नेम्वाङले प्रतिपक्षलाई सम्मान गर्ने बताए ।

प्रतिपक्ष दल राज्यको अभिन्न अंग रहेको भन्दै काँग्रेस समेत जिम्मेवार प्रतिपक्षी भूमिका खेल्न सुझाव दिए । शान्तिप्रक्रियलाई टुङ्गोमा पुर्‍याउने आधार तयार गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

उनले अधिकारका लागि आन्दोलन गर्नुपर्ने अबस्था नरहेको बताए । उनले जनता निरास नभएको भन्दै राजनीतिक दलको प्रयासका कारण जनता उत्साहित रहेको दाबी गरे ।

पूर्वसभामुख समेत रहेका नेम्वाङले नीति तथा कार्यक्रमप्रति सबैको चासो रहेको भन्दै सबैलाई समेटेर अघि बढ्ने बताए । उनले अहिलेको व्यवस्था असफल भए सबै दल असफल हुने भन्दै सबैले आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्ने बताए ।

पूर्वसभामुख समेत रहेका नेम्वाङले नीति तथा कार्यक्रमप्रति सबैको चासो रहेको भन्दै सबैलाई समेटेर अघि बढ्ने बताए । उनले अहिलेको व्यवस्था असफल भए सबै दल असफल हुने भन्दै सबैले आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्ने बताए ।

निरंकुशताका विरुद्ध आन्दोलन गरेका सबै दल एकैठाउँमा नआइ समस्या समाधान नहुने उनले तर्क गरे ।  सार्वजनिक जग्गा अतिक्रमण गर्न सरकारले नदिने भन्दै नेम्वाङले सरकारलाई साथ दिने समेत बचन दिए ।

संसदलाई प्रभावकारी बनाउने विषयमा पारदर्शिता र जवाफदेयितालाई स्थापित गराउने विषयमा आफ्नो दल तयार रहेको भन्दै निरंकुशताका विरुद्धमा आन्दोलन गरेको दल नेकपा भएका कारण निरंकुशता सोच्न समेत नसक्ने बताए । संविधानमा आवधिक निर्वाचनको व्यवस्था गरिएको समेत बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ४ : ३७ बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

दाङ– घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र

गण्डकी– पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५

राप्ती तटीय क्षेत्रका स्थानीयबाट डुवान–कटान समस्या सुल्झाउन आग्रह

बाँके– बाँकेको राप्ती तटीय क्षेत्रका स्थानीयले बस्ती डुबान र कटानको

वीरगञ्ज भन्सारको राजस्व : पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र