जर्मन बुन्डेसलिगा : आरबी लाइपजिगको संघर्षपूर्ण जित « Khabarhub

जर्मन बुन्डेसलिगा : आरबी लाइपजिगको संघर्षपूर्ण जित


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा उपाधि दाबेदार आरबी लाइपजिगले संघर्षपूर्ण जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा लाइपजिगले अर्मिनियालाई १-० गोलले पराजित गरेको हो ।

लाइपजिगलाई जित दिलाउन मार्सल सबिट्जरले ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै लाइपजिगले शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दूरी घटाउन सफल भएको छ ।दोस्रो स्थानको लाइपजिगले २६ खेलमा ५७ अंक जोडेको छ ।

बायर्नको ५८ अंक रहेको छ । पराजित अर्मिनिया २२ अंकसहित १५औँ स्थानमा छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ८ : ३० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको