१० हजारभन्दा बढीलाई कोरोनाविरुद्वको खोप « Khabarhub

१० हजारभन्दा बढीलाई कोरोनाविरुद्वको खोप


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्लामा हालसम्म १० हजार ५४४ जनाले कोरोना भाइरसविरुद्वको खोप लगाएका छन् ।

जिल्लाका नौवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाइएको थियो । स्वास्थ्य कार्यालयले उक्त खोप लगाउने अभियान गत फाल्गुन २३ देखि यही चैत १ गतेसम्म सञ्चालन गरेको थियो ।

खोप ६५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई लगाइएको थियो । जिल्ला अस्पतालका स्वास्थ्यकर्मी निरु मगरका अनुसार दिपायल सिलगढी नगरपालिकामा दुई हजार तीन, शिखर नगरपालिकामा एक हजार ७१७, पूर्वीचौकी गाउँपालिकामा एक हजार १००, आदर्श गाउँपालिकामा एक हजार २६२, सायल गाउँपालिकामा ८९९, केआईसिंह गाउँपालिकामा ९३६, बोगटान फुडसिल गाउँपालिकामा ९०१, बडिकेदार गाउँपालिकामा ७३३ तथा जोरायल गाउँपालिकामा ९९३ ले उक्त खोप लगाएका हुन् ।

खोपबाट कसैलाई पनि ठूलो किसिमको लक्षण देखा नपरेको बताइएको छ । नौवटै स्थानीय तहमा कूल १२ हजार ६०० जना ६५ वर्षभन्दा माथिको उमेर समूहका नागरिक रहेका र बाँकी रहेका अन्य नागरिकलाई अर्को पटकमा लगाइने जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिए ।

पहिलो चरणमा भने सरकारले मानिसहरूसँग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मी, वित्तीय संस्थाका प्रमुख, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी लगायतलाई देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप लगाएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  १ : ५५ बजे

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा