इलाममा जारी भलिबलको उपाधीका लागि आर्मी र झापाको विमान भिड्ने | Khabarhub Khabarhub

इलाममा जारी भलिबलको उपाधीका लागि आर्मी र झापाको विमान भिड्ने


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र झापाको विमान ट्रेडर्स दोस्रो इलाम आमन्त्रित खुला पुरुष भलिबलको उपाधिका लागि भिड्ने भएका छन् ।

आर्मीले अर्को विभागीय टिम पुलिस क्लब र विमानले विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराएर फाइनल भेट पक्का गरेका हुन् ।

शनिबारको पहिलो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५–२२, २५–२२ र २५–२० को सेटमा हरायो । पुलिसले पहिलो सेटमा २५–१९ को जित हासिल गरेपनि पर्याप्त भएन ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुलिसकेका मानबहादुर श्रेष्ठ, हरि अधिकारी, धनबहादुर भट्ट, हरिहजुर थापा र राजेन्द्र विष्टलगायतका खेलाडीले आर्मीको तर्फबाट सानदार प्रदर्शन गरे । टिम कप्तान इम रानामगर, कुलबहादुर थापा, विशाल विक र दीपकराज जोशीलगायत अनुभवी खेलाडीलाई पुलिसले मैदानमा उतारेको थियो ।

भारतको राष्ट्रिय टिमका खेलाडीहरू प्रिन्स, सुगमलगायत राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव गरिसकेका अधिकतर खेलाडी रहेको विमानले एपीएफलाई सोझो सेटमा पराजित गर्‍यो । विमानले २७–२५, २५–२० र २५–२२ को सेटमा एफिएफलाई पाखा लगायो ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका खेलाडी एकराज अवस्थी, विनोद चन्द र विजय थापालगायतका खेलाडीले एफिएफको तर्फबाट विमानको सामना गरे । एपीएफकै हेमन्त मल्ल शनिबारको म्यान अफ् दि म्याच घोषित भए ।

आइतबार आर्मी र विमानबीच बिहान १० बजे फाइलन खेल हुनेछ । ४ गतेदेखि शुरू प्रतियोगितामा सात टिम सहभागी छन् ।

विजेताले नगद २ लाख, उपविजेताले नगद १ लाख १ हजार र तेस्रो हुने टिमले नगद ५१ हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ११ : ०१ बजे

करिब ३ सय २३ किलो गाँजासहित एक जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध गाँजा करिब ३ सय

‘केमेस्ट्री’ पढेका लक्ष्मी सर, जसको केपी ओलीसँग ‘केमेस्ट्री’ मिलेन

काठमाडौं– विगत २१ दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलनका मुख्य कमाण्डर

प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार साउदी अरबको जेद्दाहका लागि

‘म बिरामी छैन, २५ वर्षपछि बुढो हुन्छु, ओलीबिनाको एमाले र एमालेबिनाको देश कल्पना नगरे हुन्छ’

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीले गरे अरुण तेस्रो आयोजनाको अवलोकन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका  विद्युत्,