प्रष्टीकरणको निर्णय हाँस्यास्पद छ, ओलीले स्पष्टीकरण दिनुपर्छ : भीम रावल « Khabarhub

प्रष्टीकरणको निर्णय हाँस्यास्पद छ, ओलीले स्पष्टीकरण दिनुपर्छ : भीम रावल


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले आफूसहित पार्टीका शीर्ष चार नेतालाई स्पष्टीकरण सोध्ने अध्यक्ष केपी ओली समूहको निर्णय हाँस्यास्पद भएको बताएका छन्।

रावलले ओलीले अवैध रुपमा बैठक बसालेर गरेका निर्णयमा बरू उनले स्पष्टीकरण दिनु पर्ने बताएका छन् ।

शनिबार राति ट्वीट गर्दै रावलले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएको आवाजबाट त्रसित भई विदेशी गुप्तचर प्रमुखसँग राति मन्त्रणा गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्दै प्रतिगमनको षडयन्त्र गर्ने ओलीले सोधेको स्पष्टीकरण आफूले पूर्ण रुपमा अस्वीकार गर्ने उल्लेख गरेका छन्।

‘अवैध कमिटीको कथित निर्णयबाट मसमेत नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका साथीहरूलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद छ। यस्तो निर्णयलाई म पूर्णत अस्वीकार गर्दछु,’ रावलले ट्वीटमा लेखेका छन्।

रावलले फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्ने जस्ता क्रियाकलाप किन गरेको भन्ने विषयमा ओलीले जनता र पार्टी पंक्तिलाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।

एमालेको शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले रावलसहित वरिष्ठ नेता माधव नेपाल, नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १० : २५ बजे

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ