फागु पर्व शुरु, पशुपति र वसन्तपुरमा ‘चिर’ गाडियो « Khabarhub

फागु पर्व शुरु, पशुपति र वसन्तपुरमा ‘चिर’ गाडियो


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फागुपूर्णिमा अर्थात् होली पर्व शुरु गर्नुअघि पशुपति र वसन्तपुर क्षेत्रका सात स्थानमा लिङ्गो गाड्ने काम (चिरोत्थान) गरिएको छ ।

गुह्येश्वरी जङ्गलमा फाल्गुन शुक्ल अष्टमीका दिन बिहान मयलको हाँगो काटी गुह्येश्वरी, गोरखनाथ र पशुपतिमा चढाएर ती स्थानमा पनि लिङ्गो गाडिने परम्परा रहेको युवा हिन्दू महासङ्घ वसन्तपुरका अध्यक्ष राजन महर्जनले राससलाई जानकारी दिए ।

मयलको हाँगो काटेर ल्याई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार बिहान ८ः२६ बजे चिरोत्थान गरिएको हो ।

वसन्तपुरका पनि चार स्थानमा चिरोत्थान गरिएको छ । हनुमानढोका दरबार क्षेत्रका सुन्दरीचोक, दाखचोक, हनुमान मन्दिरअघि र गद्दी बैठकअघि गरी चार स्थानमा लिङ्गो गाडिएको छ ।

पशुपति र वसन्तपुर दरबार क्षेत्रका सात स्थानमा लिङ्गो गाड्ने चलन प्राचीनकालदेखि रही आएको छ । आज बिहान चिरोत्थान गरिएसँगै फागु पर्व शुरु भएको मानिन्छ । फाल्गुन शुक्ल पूर्णिमाका दिन फागुपूर्णिमा पर्व मनाइन्छ ।

फाल्गुन शुक्ल अष्टमीका दिन गाडिएको लिङ्गो फाल्गुन शुक्ल पूर्णिमाका दिन बेलुकी ८ः३६ बजे ढाल्न शुभ हुने साइत समितिले दिएको छ ।

लिङ्गो ढालेर त्यसै बेलुकी ८ः५६ मा दहन गर्नुपर्ने समितिले जनाएको छ । चिरोत्थानका लागि मयलको हाँगो काट्ने, ल्याउने र गाड्ने काममा वसन्तपुर क्षेत्रका मानन्धर समाजका सदस्य सक्रिय हुने परम्परा रही आएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ४ : २२ बजे

रसुवा बाढी : बेपत्ताको संख्या यकिन गर्न कठिन, खोजी तथा उद्धार तीव्र

काठमाडौं – रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न

जापानको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

एजेन्सी– जापानको औद्योगिक उत्पादन जुलाईमा अघिल्लो महिनाको तुलनामा शून्य दशमलव

बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्री बौद्धनाथ क्षेत्र

नेपाली दूतावास पुगेर भारतीय रक्षामन्त्रीले भने- यस कठिन घडीमा काँधमा काँध मिलाएर नेपालसँग उभिएका छौँ 

नयाँदिल्ली– भारतीय रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर २६

मल्लकालीन भैरव नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात्