संसद ‘मणि हराएको नागजस्तो’ भयो : डा. बाबुराम भट्टराई « Khabarhub

संसद ‘मणि हराएको नागजस्तो’ भयो : डा. बाबुराम भट्टराई


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर बाबुराम भट्टराईले संसद मणि हराएको नागजस्तो भएको टिप्पणी गरेका छन् ।

सोमबारबाट शुरु भएको संसदको वर्षे अधिवेशनलाई सम्बोधन गर्दै डाक्टर भट्टराईले संसदमा जीवन्त तरिकाले छलफल हुन नसकेको भन्दै पछिल्ला केही दिनमा संसदमा नुन नभएको तरकारीजस्तो बन्न लागेको बताएका हुन् ।

समृद्धि सबैको थेगो बनेको भन्दै डा. भट्टराईले पछिल्ला ३ वर्षमा निरन्तर ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि भइरहेको भन्दै राम्रो संकेत भएको बताए । तर सतहमा देखिएको वृद्धिदर देखेर रनभुल्ल पर्न भने नहुने उनले तर्क गरे ।

भुकम्पको क्षतिपछि भइरहेको पुनर्निर्माणको कामका कारण आर्थिक वृद्धिदर बढेको भन्दै उनले अर्थतन्त्र संरचनागत समस्याबाट बाहिर निस्कन नसकेको बताए । आर्थिक वृद्धिदरमा औद्योगिक क्षेत्र, कृषि लगाएतको र्भूमिका खुम्चिएको भन्दै अर्थतन्त्र गम्भिर समस्यामा रहेको डा. भट्टराईले बताए ।

उनले आगामी आर्थिक वर्षको बजेटमा सबै विषयको सम्बोधन हुनुपर्ने समेत बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ५ : १९ बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न