जावाको पेराक मोटरसाइकल नेपाली बजारमा « Khabarhub

जावाको पेराक मोटरसाइकल नेपाली बजारमा


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले जावा मोटरसाइकलको बीएस–सिक्स इन्जिनयुक्त जावा पेराकको बिक्री सुरु गरेको छ।

अग्नि मोटो इंकको सबै शाखा र डिलरमा टेस्ट राइडकाे समेत व्यवस्था छ।

जावा पेराक बीएस–सिक्स ३३४ सीसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डीओएचसी इन्जिनसहित आएको छ। यसले ३० एचपी पावर र ३२ एनएम टर्क उत्पन्न गर्छ। जावा र जावा फोर्टी–टु मोटरका तुलनामा ठूलो बोरका कारणले यो अधिक शक्तिशाली रहेको कम्पनीकाे भनाइ छ।

पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोक्र्स रहेको, पछाडि मोनोशक सस्पेन्सन रहेको छ। दुवै पाङ्ग्राहरूमा सिंगल डिस्क ब्रेक रहेको बाइकमा जावा पेराकमा डुअल च्यानल एबीएस पनि रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार जावा पेराकको सुरुवाती मूल्य ७ लाख ५० हजार रुपैयाँ रहेको छ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ६ : २८ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो