विश्वकप क्रिकेट खेल्ने इङ्गल्यान्ड टिमबाट निकालिए एलेक्स हेल्स | Khabarhub Khabarhub

विश्वकप क्रिकेट खेल्ने इङ्गल्यान्ड टिमबाट निकालिए एलेक्स हेल्स


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एलेक्स हेल्सलाई इङ्गल्यान्ड क्रिकेट बोर्ड (इसीबी) ले आईसीसी विश्वकप क्रिकेटको टिमबाट निकालेको छ । हेल्सलाई इसीबीले हटाएको सोमबार घोषणा गरिएको छ । उनलाई निकाल्नुको कारण नखुलाएपनि इसीबीले इङ्गल्यान्डको टिमलाई कुनै पनि चिजले असर नपुगोस् भन्ने उद्देश्यले हटाइएको जनाएको छ ।

यसअघि घोषणा भएको १५ सदस्यीय प्रारम्भिक टोलीका सदस्य हेल्सको नाम हटाएसँगै उनीमाथि विभिन्न प्रश्न उठ्न थालेका छन् । तर, इसीबीले कारण भने खुलाएको छैन् ।

‘म यो स्पष्ट भन्न चाहान्छु कि यो एलेक्सको करियरका लागि बाधक हुँदैन,’ इङ्गल्यान्ड क्रिकेट बोर्ड प्रमुख आस्ले गिल्सले भने, ‘हेल्सले अघिल्लो हप्ता नोटिङहामसायरमा भएको एकदिवसीय कप खेल पनि गुमाएका थिए । त्यसमा उनले व्यक्तिगत कारण देखाएका थिए ।’

इसीबीले उनलाई इङ्गल्यान्डको टिमबाट आयरल्यान्डविरुद्धको एकदिवसिय अन्तर्राष्ट्रिय खेलको टिमबाट पनि हटइएका छन् । त्यस्तै, पाकिस्तानविरुद्धको टि–२० र एकदिवसिय अन्तर्राष्ट्रिय शृङ्खलाबाट पनि निकालिएका थिए ।

हेल्सको बारेमा निर्णय गर्न निकै कठिन भएको इसीबी प्रमुख गिल्सले भनेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ५ : २४ बजे

जुम्लाका किसानलाई जैविक मल वितरण

जुम्ला – कृषि विकास कार्यालयले यहाँका किसानलाई अनुदानमा जैविक मल

निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा पछाडि परेका वर्गलाई

हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

तेहरान – साउदी अरबका पवित्र शहरहरूमा बढ्दो तापक्रमका बीच हज

सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव

दाङ – दाङका एकजना २६ वर्षीय थारु समुदायका युवा जोर्नी