विश्वकप क्रिकेट खेल्ने इङ्गल्यान्ड टिमबाट निकालिए एलेक्स हेल्स « Khabarhub

विश्वकप क्रिकेट खेल्ने इङ्गल्यान्ड टिमबाट निकालिए एलेक्स हेल्स


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एलेक्स हेल्सलाई इङ्गल्यान्ड क्रिकेट बोर्ड (इसीबी) ले आईसीसी विश्वकप क्रिकेटको टिमबाट निकालेको छ । हेल्सलाई इसीबीले हटाएको सोमबार घोषणा गरिएको छ । उनलाई निकाल्नुको कारण नखुलाएपनि इसीबीले इङ्गल्यान्डको टिमलाई कुनै पनि चिजले असर नपुगोस् भन्ने उद्देश्यले हटाइएको जनाएको छ ।

यसअघि घोषणा भएको १५ सदस्यीय प्रारम्भिक टोलीका सदस्य हेल्सको नाम हटाएसँगै उनीमाथि विभिन्न प्रश्न उठ्न थालेका छन् । तर, इसीबीले कारण भने खुलाएको छैन् ।

‘म यो स्पष्ट भन्न चाहान्छु कि यो एलेक्सको करियरका लागि बाधक हुँदैन,’ इङ्गल्यान्ड क्रिकेट बोर्ड प्रमुख आस्ले गिल्सले भने, ‘हेल्सले अघिल्लो हप्ता नोटिङहामसायरमा भएको एकदिवसीय कप खेल पनि गुमाएका थिए । त्यसमा उनले व्यक्तिगत कारण देखाएका थिए ।’

इसीबीले उनलाई इङ्गल्यान्डको टिमबाट आयरल्यान्डविरुद्धको एकदिवसिय अन्तर्राष्ट्रिय खेलको टिमबाट पनि हटइएका छन् । त्यस्तै, पाकिस्तानविरुद्धको टि–२० र एकदिवसिय अन्तर्राष्ट्रिय शृङ्खलाबाट पनि निकालिएका थिए ।

हेल्सको बारेमा निर्णय गर्न निकै कठिन भएको इसीबी प्रमुख गिल्सले भनेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ५ : २४ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर