सोलुखुम्बुका कांग्रेस पूर्व जिल्ला सभापति शेर्पाकै क्रियाशील सदस्यता गायब ! « Khabarhub

सोलुखुम्बुका कांग्रेस पूर्व जिल्ला सभापति शेर्पाकै क्रियाशील सदस्यता गायब !


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– नेपाली काँग्रेस सोलुखुम्बुका पूर्व जिल्ला सभापति आङगेलु शर्पाको क्रियाशील सदस्यताको सूचीबाटै नाम हटाइएको पाइएको छ ।

सोलुखुम्बु जिल्ला समितिले ढिलो गरि बुझेर ल्याएको पुराना क्रियाशील सदस्यहरुको सूचीमा पूर्व सभापति शेर्पाको परिवारकै नाम समावेश नगरिएको पाइएको हो ।

पूर्व जिल्ला सभापतिका वुवा एवं पञ्चायतकालका काँग्रेसका जिल्ला उपसभापति नुरुवाङ्डा शेर्पा लगायतको उनको परिवारको नाम नै नवीकरणको सूचीमा नरहेको सोलुदुधकुण्ड नगरपालिका ३ का काँग्रेस ईकाइ सभापति कृष्णगोपाल राजभण्डारीले बताए ।

सभापति राजभण्डारीले आफूलाई जिल्ला समितिले दिएको सूचीमा पूर्व सभापति शेर्पा परिवार कसैको पनि नाम नरहेको उल्लेख गरे ।

क्रियाशील सदस्यता नवीकरण गर्न गाउँ गएका पूर्व सभापति शेर्पाले सूचीमा आफ्नो नाम नभेटेपछि पार्टी भित्रैको षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन् । लगातार ३ कार्यकालसम्म काँग्रेस सोलुखुम्बुको नेतृत्व गरेका शेर्पाको नाम हटाईउनुलाई पार्टी भित्रको ‘इतर गुटको चलखेल’को रुपमा लिइएको छ ।

यता जिल्ला सभापति विनोद बस्नेतले भने सबै क्रियाशील सदस्यहरुको सूची वडा समितिलाई नै बुझाएको दाबी गरेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : ०३ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको