सोलुखुम्बुका कांग्रेस पूर्व जिल्ला सभापति शेर्पाकै क्रियाशील सदस्यता गायब ! « Khabarhub

सोलुखुम्बुका कांग्रेस पूर्व जिल्ला सभापति शेर्पाकै क्रियाशील सदस्यता गायब !


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– नेपाली काँग्रेस सोलुखुम्बुका पूर्व जिल्ला सभापति आङगेलु शर्पाको क्रियाशील सदस्यताको सूचीबाटै नाम हटाइएको पाइएको छ ।

सोलुखुम्बु जिल्ला समितिले ढिलो गरि बुझेर ल्याएको पुराना क्रियाशील सदस्यहरुको सूचीमा पूर्व सभापति शेर्पाको परिवारकै नाम समावेश नगरिएको पाइएको हो ।

पूर्व जिल्ला सभापतिका वुवा एवं पञ्चायतकालका काँग्रेसका जिल्ला उपसभापति नुरुवाङ्डा शेर्पा लगायतको उनको परिवारको नाम नै नवीकरणको सूचीमा नरहेको सोलुदुधकुण्ड नगरपालिका ३ का काँग्रेस ईकाइ सभापति कृष्णगोपाल राजभण्डारीले बताए ।

सभापति राजभण्डारीले आफूलाई जिल्ला समितिले दिएको सूचीमा पूर्व सभापति शेर्पा परिवार कसैको पनि नाम नरहेको उल्लेख गरे ।

क्रियाशील सदस्यता नवीकरण गर्न गाउँ गएका पूर्व सभापति शेर्पाले सूचीमा आफ्नो नाम नभेटेपछि पार्टी भित्रैको षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन् । लगातार ३ कार्यकालसम्म काँग्रेस सोलुखुम्बुको नेतृत्व गरेका शेर्पाको नाम हटाईउनुलाई पार्टी भित्रको ‘इतर गुटको चलखेल’को रुपमा लिइएको छ ।

यता जिल्ला सभापति विनोद बस्नेतले भने सबै क्रियाशील सदस्यहरुको सूची वडा समितिलाई नै बुझाएको दाबी गरेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : ०३ बजे

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा