कोरोना पुन: फैलिन सक्ने भन्दै सभा तथा जुलुस नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध « Khabarhub

कोरोना पुन: फैलिन सक्ने भन्दै सभा तथा जुलुस नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी देश हुँदै नेपाल भित्रने सीमा नाकामा स्वास्थ्य मापदण्डको पालना तथा सङ्क्रमणको जाँच गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा.कृष्णप्रसाद पौड्यालले हाल छिमेकी देश भारतमा कोरोना संक्रमण बढिरहेकाले भारत-नेपाल सीमाका सबै प्रवेश बिन्दुहरूमा ज्वरो तथा लक्षणको जाँच गर्न सम्बन्धित स्वास्थ्य कार्यालयलाई निर्देशन दिएका हुन् ।

डा. पौड्यालले नेपालमा पुनः संक्रमणको जोखिम फैलिन सक्ने खतरा रहेको भन्दै सबै नागरिकलाई जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे ।

यस्तै, मन्त्रालयले छिमेकी देशहरूमा कोरोना संक्रमण बढेकाले नेपालमा समेत यसको जोखिम बढ्न सक्ने भन्दै देशभर सभा, जुलुस, भेला, गोष्ठी, सेमिनार, भीडभाड गर्ने कार्य नगर्न अनुरोध गरेको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : ३१ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको