कोरोना पुन: फैलिन सक्ने भन्दै सभा तथा जुलुस नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध « Khabarhub

कोरोना पुन: फैलिन सक्ने भन्दै सभा तथा जुलुस नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी देश हुँदै नेपाल भित्रने सीमा नाकामा स्वास्थ्य मापदण्डको पालना तथा सङ्क्रमणको जाँच गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा.कृष्णप्रसाद पौड्यालले हाल छिमेकी देश भारतमा कोरोना संक्रमण बढिरहेकाले भारत-नेपाल सीमाका सबै प्रवेश बिन्दुहरूमा ज्वरो तथा लक्षणको जाँच गर्न सम्बन्धित स्वास्थ्य कार्यालयलाई निर्देशन दिएका हुन् ।

डा. पौड्यालले नेपालमा पुनः संक्रमणको जोखिम फैलिन सक्ने खतरा रहेको भन्दै सबै नागरिकलाई जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे ।

यस्तै, मन्त्रालयले छिमेकी देशहरूमा कोरोना संक्रमण बढेकाले नेपालमा समेत यसको जोखिम बढ्न सक्ने भन्दै देशभर सभा, जुलुस, भेला, गोष्ठी, सेमिनार, भीडभाड गर्ने कार्य नगर्न अनुरोध गरेको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : ३१ बजे

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको