पाकिस्तान र बंगलादेशको भ्रमण गरेर नेपाली सेनाको टोली फिर्ता (फोटोफिचर) « Khabarhub

पाकिस्तान र बंगलादेशको भ्रमण गरेर नेपाली सेनाको टोली फिर्ता (फोटोफिचर)


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेश र पाकिस्तान भ्रमणमा गएको नेपाली सेनाको ‘सैनिक कमाण्ड तथा स्टाफ कलेज’को टोली स्वदेश फर्किएको छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुले एक साता लामो बंगलादेश र पाकिस्तानको भ्रमण गरेर स्वदेश फर्किएको जानकारी दिएको हो ।

बंगलादेश गएको ४० सदस्यीय टोलीको नेतृत्व सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले गरेका थिए भने सोही कलेजका मुख्य शिक्षक महासेनानी विमलराज शर्माको नेतृत्वमा ४७ जनाको टोली पाकिस्तान पुगेको थियो ।

 दुवै टोलीले स्थल,जल र हवाई सेनाका निकायहरु, महत्वपूर्ण औद्योगिक स्थल एवं समकक्षी कलेजहरुको स्थलगत भ्रमण गरेको निर्देशनालयले जनाएको छ ।

यस्ता भ्रमणले समसामायीक सैनिक विषयहरुमा ज्ञान हासिल गर्न मद्दत पुग्नुका साथै सैन्य कुटनितिमा समेत सकारात्मक प्रभाव पर्ने सेनाले विश्वास लिएको छ ।

 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : ४३ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा