रुसले सोयुज यानमार्फत अन्तरिक्षमा पठायो ३८ वटा भूउपग्रह « Khabarhub

रुसले सोयुज यानमार्फत अन्तरिक्षमा पठायो ३८ वटा भूउपग्रह


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसको सोयुज अन्तरिक्ष यानलाई ३८ वटा विदेशी भूउपग्रह लिएर सोमबार अन्तरिक्षतर्फ पठाइएको छ । कजाखस्तानस्थित बाइकोनुर अन्तरिक्ष केन्द्रबाट सोयुज यान सफलतापूर्वक प्रक्षेपण गरिएको रुसी अधिकारीहरुले बताएका छन् ।

विगतमा प्राविधिक कारणवश दुई पटक स्थगित गरिएको उडान आज (सोमबार) सफल भएको रुसी अन्तरिक्ष निकाय रोसकोसमोसले जनाएको छ । अन्तरिक्ष पठाइएका भूउपग्रहहरु दक्षिण कोरिया, जापान, क्यानडा, साउदी अरेबिया, जर्मनी, इटाली र ब्राजिल समेत १८ वटा मुलुकका छन् ।

अन्तरिक्षमा प्रक्षेपण गरिएका भूउपग्रहमध्ये ट्युनिसिया आफैंले विकास गरेको भूउपग्रहसमेत रहेको छ । यो उपग्रह टेल्नेट दूरसञ्चार समूहले तयार पारेको हो ।

सोभियत संघको पतनपछि ‍रुसको अन्तरिक्ष कार्यक्रमले धेरै किसिमका समस्या झेल्नु परेको छ । खासगरी अन्तरिक्ष अभियानमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढेको छ भने रुसी अन्तरिक्ष कार्यक्रममा भ्रष्टाचार चुलिएको र प्रविधिगत सुधारमा कमी भएको आरोप लाग्दै आएको छ ।

सन् २०१८ मा रसियाली र अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अन्तरिक्ष यात्री बोकेर उडेको एउटा सोयुज यानमा प्राविधिक गडबढी देखिएपछि सबै यात्री आपतकालीन रुपमा सकुशल पृथ्वीमा अवतरण गरेका थिए । (रासस–एएफपी)

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  २ : ५९ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल