बक्सअफिसमा अभिषेक र अमिताभ भिडन्त | Khabarhub Khabarhub

बक्सअफिसमा अभिषेक र अमिताभ भिडन्त


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सायदै त बलिउड बक्सअफिसमा यस्तो पहिले कहिल्यै भएको थिएन । बलिउड बीग बी अर्थात् अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन एकैसाता बक्सअफिसमा भिड्दैछन् ।

अभिषेकको फिल्म ‘बीग बुल’ अप्रिल ८ मा ओटीटी प्लेटफर्मममा रिलिज हुँदैछ । यता अमिताभको फिल्म ‘चेहरे’ चाहिँ अप्रिल ९ मा देशभरका थिएटरमा प्रदर्शन हुँदैछ ।

बलिउड हंगामामा प्रकाशित समाचार अनुसार यसअघि यी बाबुछोराले सँगै अभिनय गरेका फिल्महरु ‘बन्टी और बब्ली’ देखि ‘सरकार’सम्म आइपुग्दा प्रदर्शनको छुट्टा छुट्टै माध्यमबाट कहिल्यै प्रतिष्पर्धी भएका थिएनन् ।

‘प्रदर्शनको माध्यम फरक भए पनि दर्शक एउटै हुन् । फरक कथा र फ्लेभरका फिल्म भएकाले दर्शकले केही मनोरञ्जन लिने विश्वासमा बाबुछोरा छन्,’ बच्चन परिवार निकट स्रोतले भनेको छ ।

यी दुवै फिल्मका निर्माता आनन्द पण्डित हुन् । ‘एकै साता अमिताभ र अभिषेकले अभिनय गरेका दुई फिल्मको रिलिज हुन पाउदा खुशी लागेको छ । मलाई लाग्छ यसअघि यस्तो अवसर सायदै त कुनै निर्माताले पाएका थिएनन्’, उनले भनेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ३ : ४५ बजे

तेहरान छाड्न आफ्ना नागरिकलाई भारतको अनुरोध

काठमाडौं – भारतले इरानको राजधानी तेहरानमा भएका आफ्नो नागरिकलाई त्यो

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं– काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु

सिरहामा पाँच वर्षमा खानेपानी आयोजना सम्पन्न

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका– १३ स्थित डावर र नैनपुरटोलमा खानेपानी

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको