बक्सअफिसमा अभिषेक र अमिताभ भिडन्त « Khabarhub

बक्सअफिसमा अभिषेक र अमिताभ भिडन्त


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सायदै त बलिउड बक्सअफिसमा यस्तो पहिले कहिल्यै भएको थिएन । बलिउड बीग बी अर्थात् अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन एकैसाता बक्सअफिसमा भिड्दैछन् ।

अभिषेकको फिल्म ‘बीग बुल’ अप्रिल ८ मा ओटीटी प्लेटफर्मममा रिलिज हुँदैछ । यता अमिताभको फिल्म ‘चेहरे’ चाहिँ अप्रिल ९ मा देशभरका थिएटरमा प्रदर्शन हुँदैछ ।

बलिउड हंगामामा प्रकाशित समाचार अनुसार यसअघि यी बाबुछोराले सँगै अभिनय गरेका फिल्महरु ‘बन्टी और बब्ली’ देखि ‘सरकार’सम्म आइपुग्दा प्रदर्शनको छुट्टा छुट्टै माध्यमबाट कहिल्यै प्रतिष्पर्धी भएका थिएनन् ।

‘प्रदर्शनको माध्यम फरक भए पनि दर्शक एउटै हुन् । फरक कथा र फ्लेभरका फिल्म भएकाले दर्शकले केही मनोरञ्जन लिने विश्वासमा बाबुछोरा छन्,’ बच्चन परिवार निकट स्रोतले भनेको छ ।

यी दुवै फिल्मका निर्माता आनन्द पण्डित हुन् । ‘एकै साता अमिताभ र अभिषेकले अभिनय गरेका दुई फिल्मको रिलिज हुन पाउदा खुशी लागेको छ । मलाई लाग्छ यसअघि यस्तो अवसर सायदै त कुनै निर्माताले पाएका थिएनन्’, उनले भनेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ३ : ४५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको