मुटु रोग सम्बन्धी उपचारमा मेडिसिटी र विराट मेडिकल कलेजबीच सम्झौता | Khabarhub Khabarhub

मुटु रोग सम्बन्धी उपचारमा मेडिसिटी र विराट मेडिकल कलेजबीच सम्झौता


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल मेडिसिटी अस्पतालले मुटुको विशिष्ट उपचार सेवा विराटनगरमा उपलब्ध गराउने भएको छ ।

अस्पतालले आगामी बैशाख १ गतेदेखि इन्टरभेन्सन् कार्डियोलोजी लगायत मुटुको अधिकांश विशिष्ट उपचार सेवा विराट मेडिकल कलेजको सहकार्यमा प्रदान गर्ने जानकारी दिएको हो ।

एन्जियोग्राफ्री, एन्जियोप्लाष्टि लगायत क्याथल्याबमार्फत गरीने इन्टर्भेन्सनल कार्डियोलोजी सेवाले विराटनगर लगायत पूर्वाञ्चल भरीकै जनताहरुलाई आकस्मिक मुटुरोग उपचारमा सहजता प्राप्त हुने अस्पतालले विश्वास लिइएको छ ।

मुटु रोगको उपचारका विषयमा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल र विराटनगरस्थित विराट मेडिकल कलेजले सोमबारसम्झौता गरेका हुन् ।

नेपाल मेडिसिटी अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटा तथा विराट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डेनिस कार्कीले सम्झाता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल मेडिसिटी अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेज एण्ड एजुकेशन डा. नीलमणी उपाध्यायले यो सम्झौता ऐतिहासिक भएको प्रतिक्रिया दिए ।

विशेषज्ञ चिकित्सकको खोजीमा बिरामीहरुले काठमाण्डौंसम्म पुग्न लामो तथा कष्टकर यात्रा गर्नुपरेको अवस्थामा यसले गुणस्तरीय उपचार सेवा अब बिरामीको घरदैलोमै प्राप्त हुने उनले बताए ।

बिराट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डेनिस कार्कीका अनुसार यस सम्झौता पश्चात बिराट मेडिकल कलेजको मुटरोग विभागको सञ्चालन नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुले गर्नेछन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ३ : १२ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न