यस्तो छ भोलि बस्ने संसद बैठकको सम्भावित कार्यसूची « Khabarhub

यस्तो छ भोलि बस्ने संसद बैठकको सम्भावित कार्यसूची


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–प्रतिनिधि सभाको भोलिको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संसद सचिवालयले मंगलबार बस्ने बैठकको सम्भावि कार्यसूची सार्वजनिक गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–२०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमल प्रसाद श्रीवास्तवले वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७७ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले राखेको छ । मंगलबार १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ७ : ४० बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र