किसानको संरक्षण गर्ने गरी वैदेशिक लगानी आवश्यक छ : मन्त्री अर्याल | Khabarhub Khabarhub

किसानको संरक्षण गर्ने गरी वैदेशिक लगानी आवश्यक छ : मन्त्री अर्याल


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले साना किसानहरुको संरक्षण गर्ने गरी कृषिमा वैदेशिक लगानी ‘एफडीआई’ आवश्यक रहेको बताएकी छिन् ।

खाद्यका लागि कृषि अभियानले आज आयोजना गरेको ‘कृषि विकासका समसामायिक सवालहरू’ विषयक छलफलमा आफूले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र ‘एफडीआई’ लागू गर्न आवश्यक रहेको बताइन् ।

वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा चिन्ता चासो व्यक्त गर्नु स्वभाविक कुरा भएको भन्दै उहाँले धेरै आशङ्का गरेर विकासका कामहरु रोक्ने कुरा राम्रो नहुने बताइन् ।

“हाम्रो सामथ्र्यले मात्र भेटेन भने कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याएर जानुपर्छ”, मन्त्री अर्यालले भनिन्, “तर हामीलाई नोक्सान नहुने र हाम्रा किसानहरुलाई पनि प्रोत्साहन हुनेगरी जानुपर्छ, वैदेशिक लगानीका सन्दर्भमा चिन्ता गर्नु राम्रो कुरा हो तर धेरै आशङ्का गरेर विकासका काम रोक्ने कुरा राम्रो होइन ।”

उनले सरकारले साना किसानलाई मार्ने गरी विदेशी लगानी भित्र्याएको नभएर उनीहरूको संरक्षण गर्न ल्याएको उल्लेख गर्दै ठूला–ठूला देशमा पनि एफडीआई लागू भएको छ र कृषिको विकास भएको छ, कृषि क्षेत्रको विकासका लागि नेपालमा ठूलो लगानीको जरुरी बताइन् ।

मन्त्री अर्यालले यो मौसमसम्मका लागि सरकारले मलको व्यवस्था गरेको र अब मलको तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका निम्ति योजना बनाएर तयारी गरेको जानकारी दिइन् ।

उनले त्यसका लागि सरकार मल कारखाना बनाउने दिशामा अगाडि बढेको र कारखाना निर्माण गर्न केही समय लाग्ने देखिएकाले अहिलेको समस्या समाधान गर्नका लागि सातै प्रदेशमा आवश्यक विवरण माग गरिएको समेत बताइन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : ३५ बजे

सुर्खेतको चौकुनेमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत- सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ,

१६१ देशसँग व्यापार गर्दै नेपाल, १२४ मुलुकसँग घाटा

काठमाडौँ – नेपालले १६१ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको

‘राम नाम सत्य’मा सुनील थापा अनुबन्ध, निर्देशक भन्छन्- फरक अवतारमा उतार्छु

काठमाडौं – माइकल चन्दको निर्देशनमा बन्ने भनिएको फिल्म ‘राम नाम

संसद् कसैले अवरोध गर्नु हुँदैन, सहमतिबाटै समस्याको हल गर्न सकिन्छ : उपसभापति गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले कुनै

सम्पत्ति शुद्धीकरणविरुद्ध नीति तयार गरी कार्यान्वयन गर्न बीमा कम्पनीलाई निर्देशन

काठमाडौं– नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरण विरुद्ध