अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली प्रहार, एक प्रहरीसहित १० जनाको मृत्यु « Khabarhub

अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली प्रहार, एक प्रहरीसहित १० जनाको मृत्यु


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोलोराडो राज्यमा अन्धाधुन्ध गोली प्रहारबाट एक प्रहरीसहित १० जनाको मृत्यु भएको छ ।

कोलोराडोको बोल्डर शहरमा भएको एउटा गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित १० व्यक्तिले ज्यान गुमाएको बीबीसीले जनाएको छ ।

एक सशस्त्र आक्रमणकारीले स्थानीय सुपरमार्केटमा जथाभावी गोली प्रहार भएपछि भागदौड मच्चिएको थियो ।

स्थानीय समय अनुसार दिउँसो ३ बजे बन्दुक आक्रमण भएको हो । आक्रमणको कारण, उद्देश्य र विस्तृत विवरण सार्वजनिक नभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

घटनालगत्तै भएको पत्रकार सम्मेलनमा बोल्दै बोल्डरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले एक जना सन्दिग्ध व्यक्तिलाई हिरासतमा लिइएको छ ।

ती सन्दिग्ध व्यक्तिले किङ सुपर्स भनिने किनमेल केन्द्रमा पसेर गोली चलाएका थिए । उक्त घटनाको प्रत्यक्षदर्शीहरूले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ९ : ३५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना