पठाओ सञ्चालन रोक्ने कुनै निर्णय भएको छैन : ट्राफिक प्रहरी महाशाखा | Khabarhub Khabarhub

पठाओ सञ्चालन रोक्ने कुनै निर्णय भएको छैन : ट्राफिक प्रहरी महाशाखा

भोलिदेखि राइडरले पठाओ ज्याकेट लगाउन नपाउने


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पठाओ सञ्चालनमा रोक लगाउने कुनै निर्णय नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्पष्ट पारेको छ ।

ट्याक्सी चालक र पठाओ राइडरबीचको विवादले झडपको स्थिति भएको भन्दै बुधबारदेखि पठाओ सञ्चालनमा रोक लगाउने भन्दै आएको समाचारमा कुनै सत्यता नभएको महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराईले खबरहबलाई जानकारी दिए ।

भट्टराईले भने, ‘हामीले अहिलेसम्म पठाओलाई रोक्ने बारेमा कुनै निर्णय गरेका छैनौं । हल्लाको पछि नलाग्नुहोला ।’ उनका अनुसार ट्राफिक प्रहरीले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन भने बन्देज लगाएको छ ।

‘राइडरहरूले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरू बढेपछि भोलि (बुधबार)बाट लागू हुने गरी त्यस्तो कपडा लगाउने नदिने मात्र निर्णय भएको हो ।’ उनले भने, ‘पठाओ चलाउन बन्द गरेको होइन ।’

एसएसपी भट्टराईका अनुसार बुधबारदेखि पठाओ राइडरले पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाएमा कारबाही हुनेछ ।

राइडर र पठाओ यात्रीहरूको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीसँगको समझादरीमा यस्तो निर्णय भएको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए ।

कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पछिल्लो समयमा पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफल अनुसार अफलाइन राइडको विकृतिलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकाले सम्पूर्ण राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नआएसम्म प्रयोग नगर्न सम्पूर्ण राइडरहरूलाई अरोध गर्दछौँ । साथै राइड भने निर्वाध सञ्चालन हुने जानकारी गराउँदछौँ ।’

साथै यस सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारबाहीसमेत हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने कम्पनीले जनाएको छ ।

पठाओ नेपालले निकालेको प्रेस विज्ञप्ति :

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ७ : ०३ बजे

जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि

काठमाडौं– भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने नेपालीको पहिचान

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ

नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने 

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१

भारतीय विद्युतमन्त्री खट्टरबाट मुक्तिनाथमा पूजार्चना

मुस्ताङ– भारतका विद्युत तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ

जम्मु कश्मीर घटनामा नेपाली परेको विवरण पुष्टि गर्ने प्रयासमा छौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य