नुन खाँदा हुने फाइदा र बेफाइदा « Khabarhub

नुन खाँदा हुने फाइदा र बेफाइदा


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हरेक भान्सामा नुनको प्रयोग हुन्छ । नुनले खानाको स्वाद बढाउँछ । तथापी धेरैले नुनलाई उच्च रक्तचापको कारक मान्दछन् । अत्यधिक नुनको सेवनले रक्तचाप बढाउने मात्र होइन मष्तिष्कमा समेत असर गर्दछ । तर नुनको बेफाइदा मात्र होइन फाइदा पनि छ ।

नुनलाई सोडियम क्लोराइड पनि भनिन्छ । यसमा ६० प्रतिशत क्लोराइड र ४० प्रतिशत सोडियम हुन्छ । त्यसैले नुन सोडियमको राम्रो स्रोत हो ।

नुनका केही प्रकारमा क्याल्सियम, पोटासियम, आइरन र जिंक पनि पाइन्छ । अहिले विश्वभर नुनमा आयोडिन मिसाउने गरीएको छ । जसले आयोडिनको कमीबाट हुने रोगबाट बचाउँछ । साथै नुनमा भएका खनिज तत्वले शरीरमा भएको तरल पदार्थको सन्तुलन मिलाउने, नसाको प्रसारण र मांसपेशीको कार्यलाई सघाउ पुर्‍याउँछ ।

अधिकांश तयारी खाद्यपदार्थमा केही न केही मात्रामा नुनको मात्रा मिसाइएको हुन्छ । हामीले खाने धेरै खाद्यपदार्थमा पनि प्राकृतिक रुपमै नुनको मात्रा हुन्छ । दैनिक २३०० मिलिग्राम या योभन्दा कम नुनको सेवन गर्नु उपयुक्त हुन्छ । यो मात्रा भनेको केवल एक चम्चा हो ।

आजकल अधिकाशं मानिस त्यो भन्दा बढी नुन सेवन गर्छन् । नुनको अत्यधिक सेवनले उच्च रक्तचाप, हृदयाघात र स्ट्रोकको समस्या बढाउने खतरा हुन्छ । त्यसैले सिमित मात्रामा नुनको सेवन गरौं ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ८ : ०६ बजे

निःशुल्क आँखा शिविरमा ५१० जनाको परीक्षण 

गण्डकी– समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ

दुई वटा फर्मलाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका विभिन्न १७

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु