नुन खाँदा हुने फाइदा र बेफाइदा « Khabarhub

नुन खाँदा हुने फाइदा र बेफाइदा


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हरेक भान्सामा नुनको प्रयोग हुन्छ । नुनले खानाको स्वाद बढाउँछ । तथापी धेरैले नुनलाई उच्च रक्तचापको कारक मान्दछन् । अत्यधिक नुनको सेवनले रक्तचाप बढाउने मात्र होइन मष्तिष्कमा समेत असर गर्दछ । तर नुनको बेफाइदा मात्र होइन फाइदा पनि छ ।

नुनलाई सोडियम क्लोराइड पनि भनिन्छ । यसमा ६० प्रतिशत क्लोराइड र ४० प्रतिशत सोडियम हुन्छ । त्यसैले नुन सोडियमको राम्रो स्रोत हो ।

नुनका केही प्रकारमा क्याल्सियम, पोटासियम, आइरन र जिंक पनि पाइन्छ । अहिले विश्वभर नुनमा आयोडिन मिसाउने गरीएको छ । जसले आयोडिनको कमीबाट हुने रोगबाट बचाउँछ । साथै नुनमा भएका खनिज तत्वले शरीरमा भएको तरल पदार्थको सन्तुलन मिलाउने, नसाको प्रसारण र मांसपेशीको कार्यलाई सघाउ पुर्‍याउँछ ।

अधिकांश तयारी खाद्यपदार्थमा केही न केही मात्रामा नुनको मात्रा मिसाइएको हुन्छ । हामीले खाने धेरै खाद्यपदार्थमा पनि प्राकृतिक रुपमै नुनको मात्रा हुन्छ । दैनिक २३०० मिलिग्राम या योभन्दा कम नुनको सेवन गर्नु उपयुक्त हुन्छ । यो मात्रा भनेको केवल एक चम्चा हो ।

आजकल अधिकाशं मानिस त्यो भन्दा बढी नुन सेवन गर्छन् । नुनको अत्यधिक सेवनले उच्च रक्तचाप, हृदयाघात र स्ट्रोकको समस्या बढाउने खतरा हुन्छ । त्यसैले सिमित मात्रामा नुनको सेवन गरौं ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ८ : ०६ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी